मेगराज खड्का
रुकुम
रुकुमबाट २ नयाँ एफएम रेडियो प्रशारणको तयारी गरिएको छ । रुकुम पुर्बबाट रेडियो रुक्मेणी र रुकुम पश्चिमबाट रेडियो नयाँ नेपाल प्रशारणको थालनी गरिएको हो । रुकुम पुर्ब रुकुमकोटबाट जनचेतनाका लागि रुक्मेणी संचार केन्द्र रुकुमद्धारा संचालन हुने रेडियो ९२ थोप्लो २ मेगाहर्ज र रुकुम पश्चिमको आठबिसकोटको जनचेतनाक लागि ठुलीभेरी संचार केन्द्रद्धारा संचालन हुने रेडियो १ सय १ थोप्लो २ मेगाहर्ज फ्रिक्वेन्सीमा प्रशारण हुनेछन ।

रुकुम पुर्ब छुट्टै नयाँ जिल्ला बनिसकेका कारण रेडियो रुक्मेणी जिल्लाकै पहिलो रेडियो हुनेछ भने रेडियो नयाँ नेपाल भने रुकुम पश्चिमको आठौं रेडियो हुनेछ । यसअघि रुकुममा ७ वटा रेडियो प्रशारण छन । यी दुई रेडियो थपिएसगै रुकुम पुर्ब पश्चिममा गरि ९ वटा रेडियो पुगेका छन । तर दुबै रेडियो हाल जिल्लामा सञ्चालित रेडियाभन्दा धेरै ठुला प्रशारण क्षमताका छन । हाल रुकुममा १ सय देखि ५ सय वाट सम्म प्रशारण क्षमता रेडियो रहेकोमा यी दुई रेडियो १ हजार वाट क्षमता छन । दुबै रडियो संचालकहरुले यी दुई नयाँ प्रशारणमा आउने रेडियोहरु रुकुममा मात्र नभएर प्रदेशकै सर्बाधिक प्रशारण क्षमता रहेको स्टेशन रहेको दाबी गरे । संचालक संस्थाका सचिब गणेश शिर्पालीले रेडियो नयाँ नेपाल कर्णाली प्रदेशकै सबैभन्दा बढी प्रशारण क्षमता, आधुनिक प्रबिधि र उत्कृष्ठ ब्यवस्थापन सहितको रेडियो प्रशारण हुने दाबी गरे । ‘यसअघि जिल्लामा प्रशारणमा रहेको रेडियो भन्दा हाम्रो रेडियो प्रबिधि, लगानी र व्यवस्थानले निकै फरक छ’ उनले भने, ‘हाम्रो रेडियोको ८० प्रतिशत भन्दा बढी काम सम्पन्न भैरहेको छ, आगामी नयाँ बर्ष देखि परिक्षण प्रशारण शुरु हुन्छ ।’

election adv.

रेडियोको टावर, स्टुडियो लगायतका प्रकृयागत सबै अधिकांस पुरा भएको बताउदै नयाँ जनशक्तिलाई पनि तयारी अवस्थामा राखेको शिर्पालीले बताए । त्यस्तै रुकुम पुर्बको रेडियो रुक्मेणीको पनि ६० प्रतिशत बढी काम पुरा भएको रेडियो संचालन संस्थाका सचिब दिलिप थालाले बताए । उनका अनुसार रेडियो टावर निर्माणको काम अन्तिम तयारीमा पुगेको छ भने ढिलोमा अबको दुई महिनाभित्रै रेडियोले परिक्षण प्रशारण गर्ने बताए । दुबै रेडियोले आआफ्नो जिल्लाको संगै छिमेकी आधा दर्जन बढी जिल्लाहरुमा पनि आफ्नो रेडियो सक्रिय प्रभाब हुने दाबी गरेका छन । यसअधि रुकुम सदरमुमबाट रेडियो सानीभेरी, रेडियो सिस्ने, रेडियो उत्तरगंगा, रेडियो गेमीत्रिबेणी र रेडियो युनिक सगै चौरजहारीबाट रेडियो चौरजहारी र रेडियो आफ्नो एफएम प्रशारण छन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto