दिनेश चन्द
अध्यक्ष :रुकुम उद्योग बाणिज्य संघ, शाखा आठबिसकोट

हिजो आज कता ब्यस्त हुनुहुन्छ ?
म ब्यापारी साथै उद्योग बाणिज्य संघ आठबिसकोटको अध्यक्ष भएकोले पनि ब्यापार साथै बजारको व्यवस्थापनको जिम्मेबारी सहिनका बिभिन्न सामाजिक कार्यहरुमा समय बिताईरहेको छु ।

तपाइको कार्यकालमा भएका महत्वपुर्ण कार्यहरु केके हुन ?
म अध्यक्ष भएको ५ बर्ष अवधीमा धेरै काम भएको छ । यस क्षेत्रमा शुरुमा व्यापार सम्वन्धी खासै राम्रो ज्ञान थिएन । व्यवस्थित व्यवसाय सगै राज्यलाइ कर तिरेर स्थायी ब्यापार गर्नुपर्छ भन्ने मानसिकताको विकास पनि भएको थिए । मेरो कार्यकालमा यस सम्बन्धी धेरै विकास र चेतना बृद्धि भएको छ भन्ने बिश्वास छ । पछिल्लो समय यस क्षेत्रमा सबै व्यापारीहरु उद्योग बाणिज्य संघमा आबद्ध भएका छन । चौतारामा लगाएर ३ बर्षसम्म मेला आयोजना गरेर ब्यापार व्यवसाय प्रवर्धन गरिएको छ । हाम्रो उद्योग बाणिज्य संघको शाखा कार्यालय सुरुवातमै करीब ६ लाखको लगानीमा मर्मत गरिएको छ । ढुवानी सेवालाइ सुरुवात गर्न पल्लेदारहरुको स्थानीय समिती गठन गरियो । बजारमा सरसफाइ अभियानलाई तिब्रता दिदै नापतौलको व्यवस्थितका लागि नापतौल विभाग सँग समन्वय पनि गरियो ।

आठविसकोट नगरपालिकामा रहेको बजार र व्यवसायलाई थप व्यवस्थित र मर्यादित पार्न आगामी अवधारणा केके छन् ?
यहाँ धेरै समस्याहरु छन् । बजारको सुन्दरता र व्यवस्थापन गर्नको निम्ति सबभन्दा पहिले वजारको व्यवस्थापन हुन जरुरी छ । जस्तै मासु पसल, तरकारी पसल, गल्ला फेन्सी कष्मेटिक, सुन चाँदी, मदिरा कोल्डस्टोर, भाँडा पसल हार्डवेयर, होटल व्यवसाय, औषधी पसल इत्यादीको एक लाइनिङ व्यवस्थापन हुन जरुरी छ । साथै यहाँको चौडा सडक, ढल निकास, रोड ग्राभेलिङ्ग, खानेपानी धारा सबै उचित व्यवस्थापन भयो भने शहर आफै सुन्दर हुनेछ । त्यसका साथै सम्पूर्ण ब्यापारीहरुलाइ करको दायरामा ल्याइ प्रत्यक बर्ष कर चुक्ता गर्ने यहाका उपभोक्ताहरुलाइ मुल्यमा एक रुपता दिने बत्ति, बाटो, सञ्चारका लागाी स्थानीय सरकारको समन्वयमा पहल कार्य गर्नुपर्छ । आआफनो पसलबाट निक्लने फोहरलाइ ब्यबस्थापन गर्ने, पलाष्टिकहरु जलाउने, सिसाका बोतलहरु जथाभाबी नफाल्ने, सामाजिक कार्यको लागी स्थानीय सरकारसँग समन्वय गदै सुन्दर शहरको लागी पहल गर्नु पर्छ । त्यसका लागि यहाँका स्थानीय, स्थानीय सरकार र संघसंस्था जुटेर लाग्नुपर्छ ।

आठबिसकोट नगरपालिका बनेपछि बजार अनुगमनको अवस्था कस्तो छ ?
नगरपालिका घोषणा भएदेखी यता समय समयमा बजार अनुगमन भइरहेको छ । नगरपालिकाको उपमेयरको सयोजकत्वमा उपभोक्ता हकहित सँरक्षण समिती पनी गठन भएको छ ।

election adv.

राडीबजारमा म्याद नाघेका सामानहरु कतिको पाइएको छ ?
यस राडीबजारमा म्याद नाघेका सामानहरु छिटफुट रुपमा पाइने गरेको छ । किनकी यहा बाटोको समस्या हुदा बर्षातको समयमा गाडी नचल्दा यस्तो अबस्था आउने गर्थो तर पनी उद्योग वाणिज्य संद्यको पहलमा अवलोकन भई रहन्थ्यो । अब रिम्ना सडक खण्ड सुचारु हुनु र स्थानीय सरकार गठन भएदेखी बजारमा म्याद नाघेका सामानहरु पाइदैन र पाईएमा कडा कारवाही र जरिमानाको ब्यबस्था गरिएको छ । रोगको उपचार गर्न भन्दा रोग लाग्नै नदिनु नै बेस हुन्छ । त्यस्ता सामाग्रीहरु पाउदै पाउदैन यदि डिलरसिपवाटै त्यस्ता सामाग्रीहरु आएमा तुरुन्तै फिर्ता गर्न लगाउने र डिलरसिपहरुलाइ पनी कार्वाहिको लागी अपिल गर्ने देखि सानातिना सामाग्रीहरु पाइएमा जलाएर नष्ट गर्ने काम भैरहेको छ ।

यस आठबिसकोट नगरपालिकाको मुख्य बजार केन्द्रमा कर दस्तुर महँगो भएको जनगुणासो आइरहेको छ । यसमा तपाइको बिचार के छ ?
राज्यलाई कर त हामी सबैले तिनै पर्छ । बाहिरी देशहरुमा आफ्नो कमाइको ५० प्रतिशत कर तिर्छन र त देश धनी बन्छन । यहाँ त कर तिर्न कन्जुसाइ गरिन्छ र यस्तो गर्नु ठिक होइन । ठाउ र अबस्था हेरेर कर लिनु पर्छ । यसरी लिएको करलाइ सही ठाउमा ब्यवस्था गर्नु पर्छ ।

ब्यापारी र उद्योग बाणिज्य संघ बिचमा कस्तो सम्बन्ध छ ?
सम्पूर्ण ब्यापारीहरुका समस्याहरुमा छलफल गर्न मिटिङ गरीन्छ । ब्यापारलाई सेवासुलुभ र ग्राहकलाइ सहुलियत प्रदान गर्नको निम्ती नियमित छलफल गदै जानु र दर्ता प्रकृयालाइ पनि प्राथामिकता दिएको छ ।

अन्त्यमा केहि भन्नु छ ?
पहिलो कुरा त आहा सञ्चारलाई धन्यबाद । आठबिसकोट नगरपालिकाको राडी बजार उद्योग वाणिज्य संघको अबस्था र मेरा अनुभबहरुलाइ राख्ने अबसर दिएकोमा र अन्त्यमा उद्योग वाणिज्य संघलाइ अझै सुब्यबस्थीत पार्नको निम्ती यस नगरका सम्पूर्ण ब्यापारी साथीहरुलाइ अनुरोध गर्दछु । कर तिर्न डर होईन, रहर गरौँ । प्रस्तुती ः सुवास बटाला

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto