Input your search keywords and press Enter.

रुकुममा मुद्धा भनेकै ‘सम्बन्ध बिच्छेद’

मेगराज खड्का
रुकुम
बर्षेणी महिला हिंसा तथा महिला सम्बन्धीका घटनाहरु बाहिर आउने क्रम बढिरहेको छ । अदालतमा मुद्धाको रुपमा होस वा गाउँघरममा मेलमिलापको रुपमा होस यसरी दिनप्रतिदिन घटनाहरु बढिरहेका हुन । यसरी बाहिर आउने घटनाहरुमा कतिले महिला हिंसा नै बढेर घटना पनि बढिरहेको बताईरहेका छन भने केहिले चेतना र अधिकारको जानकारी भएसगै यसअघि दबिएर रहेका महिलाहरु बाहिर आएको बताउने गरेका छन ।

रुकुम जिल्लाको सन्र्दभमा पनि अदालतमा होस वा गाउँघरको छलफलमा होस मुद्धा भनकै महिला हिंसा र सम्बन्ध बिच्छेद जस्ता भएका छन । यस आर्थिक बर्षमा जिल्लामा १ सय १९ वटा सम्बन्ध बिच्छेदका मुद्धा दर्ता भएका छन । सताअघि अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजित एक अन्र्तक्रिया कार्यक्रममा अधिबत्ता एक्कबहादुर पाण्डले प्रस्तुत गरेको कार्यपत्रमा यस्तो उल्लेख गरिएको हो । कार्यपत्रमा जिल्ला अदालत रुकुममा सम्बन्ध बिच्छेदका लागि यस आर्थिक बर्षमा ८५ जना महिलाले मुद्धा दर्ता गराएकी छिन । त्यस्तै २७ जना महिलाको अंशसहितको सम्बन्ध बिच्छेदको मुद्धा परेको छ । अदालतका सगै स्थानीय सरकार बनेसगै गाउँ तथा नगरपालिका स्तरको न्यायिक समितिमा पनि सम्बन्ध बिच्छेदका मुद्धा पेश गर्ने सकिने भएपछि झनै मुद्धा दर्ताको दर बढेको अधिबक्ता एक्कबहादुर पाण्डे बताउछन । उनका जिल्लाका ६ स्थानीय तहमा गरि ७ वटा सम्बन्ध बिच्छेदका मुद्धा परेका छन । अदालतमा परेका सबै मुद्धाहरु महिलाहरुले नै पेश गरेको भएपनि स्थानीय तहमा भने महिला पुरुष दुबैको पेश छ ।

यस आर्थिक बर्षको अवधीमा जिल्लामा बलात्कारको ४ वटा मुद्धा परेको छ भने बोक्सी आरोपको १ र बहुबिबाहको ३ वटा घटना अदालतमा दर्ता भएको छ । स्थानीय तहमा न्यायिक समिति बनेसगै ४ दर्जन बढी घरेलु महिला हिंसाको घटना दर्ता भएको छ । ‘बाल बिबाह तथा बैदेशिक रोजगारीमा पुरुषहरुको संख्या बढेसगै सम्बन्ध बिच्छेद तथा महिला हिंसाका घटनाहरु बढेको हामीले पाउने गरका छौं, अधिबत्ता पाण्डले भने, ‘बालबिबाहका कारण युवा अवस्था हुँदा रुची र चाहाना फरक भएपछि प्रायः यस्तो समस्या देखिएको छ भने बिबाह गरेर लामो समयसम्म पुरुषहरु बिदेशमा बस्दा पनि घरमा रहेकी श्रीमति परपुरुषसंग माया प्रेममा फस्नुका साथै आर्थिक रकम खर्च गरेर पनि बढी समस्या देखिएको पाउछौं ।’

हेर्नुहोस यस्तो बिस्तृत बिवरण

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares