Input your search keywords and press Enter.

आगलागीबाट घरगोठसगै धनमाल जलेर नष्ट

डिल्लीबहादुर खत्री
चौरजहारी
पश्चिम रुकुम चौरजहारी नगरपालिका वडा न. १३ मा आगलागी भएको छ । स्थानीय प्रकाश बुढाथोकीको घरमा आगलागी हुँदा घरगोठ र धनमाल जलेर नष्ट भएको हो । वडा अध्यक्ष टंक ओलीका अनुसार आगलागिबाट एउटा घर पुर्ण रुपमा क्षति हुनुका साथै घरभित्रका अन्न , कपडा लगायत बिदेशबाट पठाएका २ लाख ८० हजार नगद समेत नष्ट भएको परिवारले बताएको छ । परालको टौवाबाट शुरु भएको आगो घरमा सल्कीएको हो । आगो लाग्दा घरमा कोही नहुँदा भने मानविय क्षति नभएपनि गोठ सँगै बाँधिएका ३ बाख्रा पनि आगलागि परेर मरेका छन । आगलागीका कारण सबै गरी १३ लाख बराबरको क्षति भएको र आगलागि पीडित परिवार अहिले छिमेकी घरमा बसेको छ ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares