Input your search keywords and press Enter.

उत्पीडित समुदायलाई पछि छाडेर देशले समृद्धि हाँसिल गर्न सक्दैन : कामी

गणेश सिर्पाली
बाँफिकोट
कर्णाली प्रदेशका सांसद रातो कामी (आरटी)ले उत्पीडित वर्ग समुदायलाई पछि छाडेर राज्यले समृद्धि हाँसिल गर्न नसक्ने वताएका छन । रुकुम पश्चिम २ वाट निर्वाचित सांसद कामीले नेपाल दलित मुक्ति मोर्चा वाँफिकोट गाउँपालिकाको सम्मेलन उद्धघाटन गर्दै दलित, महिला, जनजाती, मधेसी, थारु लगायतका उत्पीडित समुदायलाई पनि राज्यले संगसँगै लान सके मात्र देशले काँचुली फेर्न सक्ने वताए ।

देशमा राजनीतीक क्रान्ति सकिएको भन्दै अव समृद्धिको क्रान्ति थाल्नुपर्ने र रुकुमको विकासका लागी आफु प्रतिवद्ध रहेको दाबी गरे । कार्यक्रममा वोल्दै नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य एवम् दलित मोर्चाका कर्णाली प्रदेश ईन्चार्ज चन्द्रवहादुर विश्वकर्माले पार्टीहरुले आधारभुत वर्ग भुल्न नहुनेमा जोड दिए । दलित मोर्चाका कर्णाली प्रदेश संयोजक पुष्प वादीले दलित अधिकारका लागी संविधानले प्रयाप्त व्यवस्था गरेको भन्दै अवका आन्दोलन संविधान कार्यान्वयनमा केन्द्रित गर्नुपर्ने धारणा राखे ।

जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माले दलित जात नभएर प्रवृति भएको भन्दै जातीय छुवाछुत तथा भेदभाव गर्नेहरु साँचो अर्थमा दलित हुने वताए । कार्यक्रममा नेपाल दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्यहरु मनवहादुर वादी र सेरु विक (करण), जिल्ला अध्यक्ष लालवहादुर सिर्पाली, सहसचिव दिपक विक, प्रेस सेन्टर कर्णाली प्रदेशका सहसचिव गणेश सिर्पाली, वाँफिकोट गाउँपालिका प्रमुख धर्मवहादुर केसी जिज्ञासु लगाएतको आतित्थ्यता थियो । नयाँ नेतृत्व चयन गर्दै सम्मेलन बुधबार सकिने छ ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares