Home मुख्य समाचार रुकुममा नहर खन्दा बम भेटियो

रुकुममा नहर खन्दा बम भेटियो

6093
0

डिल्लीबहादुर खत्री
चौरजहारी
रुकुम पश्चिमको चौरजहारी नगरपालिका १०, चिसापानीमा बम जस्तै शंकास्पद बस्तु फेला परेको छ । चौरजहारी टार सिंचाई आयोजनाको नहर खन्ने क्रममा उक्त फेला परेको हो ।
टार सिंचाई आयोजना निर्माणको जिम्ममा लिएको ब्रर्ज गु्रप प्रालिले बम जस्तै भेटिए लगतै प्रहरी चौकीमा खबर गरिएको थियो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरिक्षक ऋषि ढुंगालले बम जस्तो फेला परेको भनी स्थानीयले खबर गरेपछि त्यहाँ प्रहरी टोलि पुगेको र थप अनुसन्धान भैरहेको बताए । उक्त बम द्धन्द्धकालमा गाडिएको हुनसक्ने अनुमान गरिएको छ । विकास निर्माणको क्रममा जिल्लाका बिभिन्न ठाउँमा द्धन्द्धकालमा गाडिएका बमहरु फेला फर्दै आएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here