रबिना घर्ति मगर
रुकुम पुर्ब
लोक संस्कृति समाज हुकाम रुकुम पुर्बलेले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । अशोक घर्ती मगरको संयोजकत्वमा पूर्बी रुकुम पुथाउत्तरगंगा वडा न. ५ हुकाम ठुलो गाउँको तल रहेको पहिरो जाने जोखिम क्षेत्रमा (पलिँका अरटुँ) वृक्षरोपण गरिएको हो । पहिलो परिक्षणको लागि २५ वोट पिपल रोपिएको छ भने परिक्षण सफल भएको खण्डमा अरु पिपल पनि रोप्न सकिने समाजका कोषाध्यक्ष सुर्य घर्ति मगरले बताए । वृक्षरोपणमा संस्था सदस्यहरु सहित स्थानीयहरुको सहभागीता रहेको थियो । बि. स. २०६९ सालमा गठन गरिएको लोक संस्कृति समाज हुकामले समग्र हुकामको समृद्धि, बिकास, पिछडिएका जातजाति, मगर भाषा, संस्कृति तथा पहिचानलाई संरक्षण र प्रबर्द्धन गर्नमा बिशेष जोड दिंदै आएको छ ।

 

election adv.
फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto