Input your search keywords and press Enter.

चौरजहारी नगरपालिकामा डिजिटल हाजिरी सुरु

आहा संबाददाता
रुकुम १३,फागुन : रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा ईलेक्ट्रोनिक हाजिरी सुरु भएको छ । प्रविधिको विकास संगै नगरले ईलेक्ट्रोनिक हाजिरी सुरु गरेको हो । ईलेक्ट्रोनिक हाजिरी सेवा सुरु भएर कर्मचारीहरु निर्धारीत कार्यालय समयमा पुग्ने भएपछि सेवा ग्राहीलाई समेत सहज भएको छ ।
विभिन्न वहानामा कार्यालयमा ढिला गरी पुग्ने कर्मचारीहरुका लागी उक्त हाजिरी सेवाले समयमा पुग्ने वानीको विकास गरेको छ भने सेवाग्राहीहरु लाई कर्मचारीहरुको पर्खाईमा वस्नुपर्ने वाध्यता समेत हटेको नगरले आशा गरेको छ । ईलेक्ट्रोनिक हाजिरी क्रमसः चौरजहारी नगरका १४ वटै वडा कार्यालयमा जडान गरीने नगर प्रमुख विशाल शर्माले जानकारी दिए ।
उनका अनुसार नगरपालिकाले कार्यालयको काम काजमा सहज र प्रभावकारी गर्नको लागी प्रत्येक वडा कार्यालयमा ईन्टरनेट जडान कार्य तिव्ररुपमा अगाडी पनि बढाएको छ ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares