आहा टक : हरीभक्त भण्डारी

Byआहा सञ्चार

२०७४ फाल्गुन १२, शनिबार १७:३२

नाम :हरीभक्त भण्डारी
ठेगाना : सानीभेरी गाउँपालिका ९, सिम्ली रुकुम
पेशा : शिक्षक

१, हिजो आज कसरी बिताउदै हुनुहुन्छ दिनहरु ?
बिशेष गरी म आफ्नो जुन पेशा छ त्यसैलाई व्यवस्थित गर्न र बिद्यालयका बार्षिक कार्यक्रम अन्तगत पर्ने कार्यक्रम लाई सुव्यवस्थीत तरिकाले सफल पार्नेमा व्यस्त छु ।

२, पढाउनु गाह्रो की पढ्न ?
समय र परिस्थिति अनुसार दुवै गाह्रो अथवा दुवै सजिलो हुन सक्छ ।

३, तपाईले शिक्षा क्षेत्रमै लाग्नुको कारण के ?
म करीव ४ बर्ष सरकारी विद्यालयमा शिक्षण पेशामा पनि लागे विशेष गरी मैले वाहिरको प्रवेशलाई देख्दा निजी विद्यालयमा पढेका केटाकेटीलाई पढाईमा अलि सरकारी भन्दा केहि अन्तर पाएपछी मैले पनि गुणस्तरीय शिक्षा दिनको लागी आफ्नो पेशालाई आत्म साथ गर्दै व्यवासायमुखी भन्दा सेवा मुखी वनाएर गुणस्तरीय शिक्षा दिने मेरो उदेश्य हो ।

election adv.

५, के तपाई यो पेशा प्रती सन्तुष्ट हुनुहुन्छ ?
म अझै पनि सन्तुष्ट छैन किनकी मैले निजी क्षेत्र बाट विशेष खालको गुणस्तरीय शिक्षा जव सम्म दिनसकेको अनुभती म आफैलाई हुदैन म त्यति वेला सम्म मेरो पेशा प्रती सन्तुष्ट हुदैन ।

६, आहा टकमा हामी जीवनका रमाईला पलबारे पनि रमाईला प्रश्न गर्ने गरेका छौ । अब रमाईलो प्रस्न शुरु गरौं, तपाई केका लागि जन्मीनु भयो जस्तो लाग्छ ?
हाहा तपाईले वडो अफ्ठेरो प्रश्न गर्नु भयो । यो प्रश्नको उतरमा म के भन्छु भने म किन जन्मिए मलाई था छैन तर म हुर्किदै जादा समाजलाई वुझ्दै जादा मेरो वुवा आमाले समाजको उन्नती प्रगतीको लागि मलाई जन्म दिएको जस्तो लाक्छ ।

७, आमावुवाले दिएको उपदेश राम्रो कि शिक्षकले दिएको ?
एक्दमै महत्वपुर्ण कुरा उठाउनु भयो । हो पक्कैपनि पहिलो पाठशाला घर दोस्रो पाठशाला भनेको विद्यालय भन्ने गरिन्छ । मैले दुवैले दिएको उपदेश लाई आत्मसात गर्दै आको छु ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto