Input your search keywords and press Enter.

जहाँ पुरुष स्याल र महिला कुखुरा बन्छन (फोटो फिचर)

मेगराज खड्का
रुकुम पुर्बको पुथा उत्तरगंगा गाउँपालिकामा पर्ने रन्मामैकोट स्थित हान्पालेखमा दाजे चिपचिप खेल खेल्दै स्थानीयहरु । दाजे चिपचिप भनेको खाम मगर भाषाको शब्द हो । यसलाई नेपालीमा स्याल कुखुराको खेल भन्ने हुन्छ । यो खेलमा गाउँका धेरै महिलाहरु कुखुरा बन्ने गरेका छन भने एउटा पुरुष स्याल बन्ने गरेका छन । स्यालले कुखुराहरु तानेर सक्काएमा खेल समापन हुन्छ ।

स्याल बनेका पुरुषले छेउछेउबाट कुखुरा बनेका महिलालाई तानेर अर्को छुट्नै ठाउँमा बसाल्ने गरेका छन । एक पटक समुहबाट तानिएकी महिला फेरी उक्त समुहमा जोडिन पाउदैनन । महिलाहरुले कुखुराले स्याल देखेको बेला गर्ने जस्तो प्रतिक्रिया देखाउने गरेका छन भने पुरुषले स्यालले कुखुरा देखेको बेला पक्रन गर्ने जस्तो प्रतिक्रिया देखाउने गरेको छ । कुखुराको नाईके माउ हुने गरेको र माउले अन्य कुखुराहरुलाई स्यालले पक्रिन खोज्दा रोक्ने प्रयास गर्ने गरेको छ । कुखुराको माउलाई शुरुमै स्यालले पक्रिन पाउदैन अन्य कुखुराहरु सकिए भने मात्र अन्त्यमा माउलाई झम्टिने गरेको छ ।

स्याललाई कुखुरा तान्न नदिन सबै महिलाहरु एक आपसमा हात जोडेर वा एकआपसमा कपडाले बाँधेर अडिएका हुन्छन । यो खेल पुर्बी रुकुमका मगर समुदायहरुले चाडपर्बका क्रममा बिषेशगरी खेलेर रमाउने गरेका छन । यस खेल महिला पुरुषको बल प्रयोगको खेल पनि हो । रुकुममा महोत्सवहमा यो खेल आर्कषणको केन्द्र समेत हुने गरेको छ । यो खेल खेल्ने क्रममा पुरुषले महिलाहरुको शरिर तथा हात समाएर तान्ने गरेको भएपनि यसलाई स्थानीयले कुनै अफ्ठेरो मान्ने गरेका छैनन । यो चलन पुरापुर्बकालदेखि मान्दै आएको स्थानीय भरतकुमार पुन बताउछन ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares