Input your search keywords and press Enter.

सार्बजनिक शौचालय प्रयोग बिहिन हुँदा जताततै दिसापिसाव

परिचन्द्र खत्री
रुकुम ९, फागुन : जिल्लाको सदरमुकाम मुसिकोटमा सार्बजनिक शौचालय प्रयोग बिहिन बनेका छन् । साबिकको खंलगा गाविस र जिल्ला बिकास समितिले निर्माण गरेका सौचालय प्रयोग बिहिन भएका हुन । मुसिकोटका खंलगा वजारका आसपासमा रहेका सबै सौचालयहरु प्रयोग विहिन भए पछि नगरवासि तथा बाहिरवाट खलंगा आउने नागरिकलाई असहज हुने गरेको छ । सार्बजनिक सौचालयको प्रयोग नहुँदा जताततै दिसा र पिसावले गर्दा दुर्गन्ध फैलिएको छ । स्थानीयले सार्वजनिक सौचालय नहँुदाको कारणले नै जताभाबी सौच गर्ने गरेको स्थानस्यहरु भनाई रहेको छ । सौचालयमा पानीको व्यवस्था देखि लिएर सौचालयको लागि कुनै कर्मचारी नहँुदा यस्तो समस्या भएको स्थानीयहरुको गुनासो छ ।

जिल्लालाई खुल्ला दिसा मुक्त जिल्लाको रुपमा घोषणा भईसकेको भए पनि सार्बजनिक सौचालय भने प्रयोग बिहिन रहेका छन् । सबै सौचालयहरु जिर्ण बनेका छन । मुसिकोटको बहराटाकुरा, त्रिवेणीचोक, सहिद मैदान तथा पातुखोलामा रहेका सार्बजनिक सौचालय जिर्ण भएका छन ।

सरकारी काममाजले सदरमुकाम आउने सेवाग्राहिका लागि सार्बजनिक सौचालय नहुदा निकै असहज हुने गरेको बाँफिकोट गाउँपालिका वडा नम्वर १ का रबिन्द्र मल्ल बताउछन । ‘कुनै काम बिशेष सदरमुकाममा आउदा पिसाव लागेमा पिसाव गर्नको लागि सौचालयको राम्रो व्यवस्था नहँुदा धेरै असहज हुने गरेको छ’ उनले भने, ‘ भएको सौचालय भए पनि प्रयोगबिहिन देखिन्छन, यसरी सदरमुकाम जस्तो ठाउमा सार्बजनिक सौचालय नहुँनु भनेको लज्जास्पत कुरा हो ।’
भएका सौचालयहरु प्रयोगमा ल्याउनु पर्नेमा स्थानीयहरु जोड रहेको छ । मुसिकोट नगरपालिकामा व्यवसायी गर्दै आउनु भएका मनविर खत्रीले यो समस्या स्थानीय तहले हेर्नु पर्नेमा जोड दिन्छन ।

खत्रीका अनुसार स्थानीयहरुको आखामा छारो हाल्नलाई सार्वजनिक सौचालयको निर्माण गरेको र निर्माण गरिसके पछि कसैले चासो नदिँदा सौचालयको अबस्था निकै जिर्ण बन्दै गएको खत्रीको भनाई रहेको छ । ‘प्राय जसो सार्वजनिक सौचालयहरु प्रयोग विहिन बनेका छन, स्थानीय तहले सौचालयको बिषयमा चासो नदिदा बनेका सौचालयहरु पनि जिर्ण हुुदै गएका हुन’ उनले भने, ‘सौचालयहरुको लागि चौकिदार राखेर अथवा स्थानीयतहले कुनै कर्मचारी राखेर फेरि सुचारु गर्न सकेमा वजारमा केहि मात्रामा भएपनि दुर्गन्ध हट्ने थियो ।’

मुसिकोट नगरपालिकाले आज सम्म कुनै योजना नबनाएको र अबका दिनमा भने नगरपालिकाले सौचालयको संचालनमा ल्याउने नगरपालिकाको भनाई रहेको छ । मुसिकोट नगरपालिकाका प्रमुख देबिलाल गौतमले मुसिकोट नगरपालिका क्षेत्र भित्र पर्ने सार्बजनिक सौचालयहरुको मर्मत गरेर र त्यसको अबस्था हेरफेर गरेर प्रयोगमा ल्याउने बताए । सौचालयमा रहेको पानीको अबस्था, सौचालयको जिर्ण भएको अबस्था तथा संरचनाको आधारमा मर्मत गरि पुनःसंचालनमा ल्याउने तयारी गरिएको नगर प्रमुख गौतमको भनाई रहेको छ ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares