भिरबाट लडेर रुकुममा एकको मृत्यु

Byआहा सञ्चार

२०७४ फाल्गुन ८, मंगलवार १७:४२

धनकुमार शाही
रुकुम (पश्चिम) ०८, फाल्गुण : जिल्लाको मुसीकोट नगरपालिका १ सिमाचौरमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । बाख्रा चराउन जंगल गएकी स्थानीय ६० वर्षिया जयमती बोहराको भिरबाट लडेर मृत्यु भएको हो । बोहरा भिरबाट खस्दा करिब ३० मिटर तल पुगेर गम्भीर गम्भीर घाइते भएकी बोहराको घरमा पु¥याउने बित्तिकै मृत्यु भएको स्थानीय भिमु शाहीले बताए । वनमा बाख्रा चराउन गएकी बोहरा अबेरसम्म पनि घरमा नफर्किएपछि परिवार खोजी गर्न जाँदा फेला पारिएको थियो । मृतक बोहराका घरमा श्रीमान, २ छोरा र ३ छोरी रहेका छन् ।

election adv.
फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto