Input your search keywords and press Enter.

रुकुम पुर्बमा बजार सरसफाई गरेर मनाईयो प्रजातन्त्र दिवस

सर्जना कार्की
रुकुम पुर्ब ७, फागुन
रुकुम पुर्बमा पनि बिभिन्न कार्यक्रम गरेर ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ । सदरमकाम रुकुमकोटमा सरसफाई, र्याली र सभा लगायतका कार्यक्रम प्रजातन्त्र दिवस मनाइएको हो । रुकुम पुर्बको सदरमुकाम रुकुमकोट बजार आसपासमा नेपाली सेना, नेपाल प्रहरी, बिद्यार्थी र स्थानीयहरुको सहक्रियतामा सरसफाई गरिएको हो । जल्ने फोहोरहरुलाई संकलन गरी जलाएर नष्ट गरिएको थियो भने सरसफाई युक्त बनाउन प्रोत्साहन हुने खालका सन्देशहरु सहितका प्लेकार्ड पनि र्यालीमा देखाईएको थियो ।

जिल्ला समन्वय समिति रुकुम पुर्बका अध्यक्ष गजेन्द्रबहादुर ओलीको अध्यक्षमा भएको कार्यक्रममा रुकुमकोट जिल्ला अदालतका न्यायाधीस दुर्गा बहादुर रावलको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटको बिशेष आतिथ्यता रहेको थियो । र्याली पछिको औपचारिक कार्यक्रममा बोल्दै प्रमुख अतिथि रावलले पुर्खाहरुले बगाएको रगत र पसिनाका कारण हामीले स्वतन्त्र रुपमा जीवन जीउन पाएको भन्दै राजनीतिक परिवर्तनका लागि पुर्खाहरुले बगाएको रगत र पसिनाको सबैले सम्मान गर्नुपर्ने बताए ।

नेपालको राजनीतिक ईतिहासमा जनताको स्वतन्त्र अधिकारका लागि प्रजातन्त्र स्थापना एउटा ऐतिहासिक घटनाक्रम भएको उनको भनाई रहेको थियो । त्यस्तै प्रजातन्त्र दिवस र दोस्रो निर्बाचन दिवसको अवसरमा आयोजना गरिएको उक्त सयुक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाले प्रजातन्त्रको सुन्दर पक्ष नै आवधिक निर्बाचन भएको बताए ।

ताजा निर्बाचनको आधारमा अहिले नेपालमा स्थानीय, प्रदेश र संघिय सरकारहरु बनेर लामो समयसम्म जनप्रतिनिधीहरु अभाव खट्कीएको समस्या समाधान भएको बताए । यसैबिच रुकुम पश्चिममा पनि प्रजातन्त्र दिवस मनाइएको छ । मुसीकोट नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय सभाका सदस्य ठगेन्द्र प्रकास पुरीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि जिल्ला समन्वय समिति रुकुम (पश्चिम)की उप प्रमुख इन्दीरा वि.एम, प्रमुख जिल्ला अधिकारी बंसीकुमार आचार्य, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजेन्द्रप्रसाद धमला लगायत बिभिन्न राजनीतिक दलका प्रमुख तथा सरोकारवाला निकायहरुको सहभागीता रहेको थियो ।

जिल्ला निर्वाचन कार्यालय रुकुम (पश्चिम)का जिल्ला निर्वाचन अधिकारी कमलमणी देवकोटाको स्वागत मन्तब्य रहेको कार्यक्रममा मुसीकोट नगर कार्यपालिकाका प्रमुख देबीललाल गौतमको अध्यक्षता रहेको थियो । कार्यक्रमको संञ्चालन प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माले गरेका थिए ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares