Input your search keywords and press Enter.

२१ लाख बढीले हेरे पिरतीको बर्को तिमिलाई

आहा सञ्चार संबाददाता

चैत ९ गतेबाट प्रदर्शनमा आउने फिल्म ’शत्रु गते’ को पिरतीको बर्को तिमिलाई गीत युट्युवमा २१ लाख बढीले हेरेका छन । उक्त फिल्म निकै रुचाईएको हो । फिल्मको रिलिजको लागि एक महिनाको समय बाँकी रहँदा निर्माण युनिटले पोस्टर पनि सार्वजनिक गरेको छ । फिल्ममा दुई वटा गीत रहेका छन । सार्वजनिक पहिलो गीत ’रूपै मोहनी’लाई युट्युबमा ९४ लाख पटक हेरिसकिएको छ । मह सञ्चारको ब्यानरमा निर्माण भएको फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका छन्। फिल्मका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद रहेको छ । रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरि पौडेल फिल्मका निर्माता हुन् ।

हेर्नुहोस गीत

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares