Home मुख्य समाचार पाठेघर समस्या भएका महिलाका लागि निःशुल्क शिबिर

पाठेघर समस्या भएका महिलाका लागि निःशुल्क शिबिर

6600
0

दिपक संगम थापा
मुसिकोट

रुकुम पश्चिमको आठविसकोट नगरपालिका स्थित स्वास्थ्य चौकी राडीजयूलामा पाठेघर सम्बन्धि तिन दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । आठविसकोट नगरपालिकाको आर्थिक सहयोग, आधारभुत स्वास्थ्य तथा सरसफाई कार्यालय आठविसकोट रुकुमको आयोजना र चौरजहारी सामुदायिक अस्पतालको प्राविधिक सहयोगमा पाठेघर सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको नगर प्रमुख गोर्खबहादुर केसीले जानकारी दिए । गत फागुन २ गतेदेखि शुरु भएको स्वास्थ्य शिविर शुक्रबार सम्पन्न भएको हो ।

उक्त शिविरमा ९ सय २५ जनाको चेकजाँच तथा परामर्श दिईएको थियो । जसमा २ सय ४२ जना महिलालाई रिङपेसरी राखिएको छ भने ३९ जनाको पाठेघरको अपरेशन गरिने भएको छ । पाठेघरको शल्यक्रिया चौरजहारी अस्पतालमा गरिने भएको छ । तीन दिने पाठेघर सम्बन्धि निशुल्क स्वास्थ्य शिविरले आफुहरुको स्वास्थ्यमा सुधार भएको विरामीहरुले बताएका छन् । महिलाहरुको पाठेघर समस्या समाधानका लागि निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको आठविसकोट नगरपालिकाका स्वास्थ्य संयोजक नन्दलाल महतोले बताए । उनका अनुसार आगामी दिनहरुमा पनि विविध प्रकारका स्वास्थ्य शिविरहरु सञ्चालन गरिने छ । उक्त शिविरमा चौरजहारी सामुदायिक अस्पतालका डा. कालेव कुमार बुढाको नेतृत्वमा अहेव, अनमी, स्वास्थ्य स्वयमसेविकाहरुको साथमा उपचार तथा परामर्श गरिएको थियो । सानै उमेरमा विवाह गर्नु, छोटो जन्मान्तरमा धेरै बच्चा पाउनु, धेरै गह्रौ भारी बोक्ने लगायतका कारणले पाठेघरको समस्या उत्पन्न हुने डा. कालेव कुमार बुढाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here