आहा सञ्चार संबाददाता
प्रधानमन्त्री शेरबहादुर देउवाले आज  पदबाट राजीनामा दिएका छन । सम्पुर्ण निर्बाचन मतपरिणाम आएर राष्ट्रपति कार्यालयमा बुझाईएपछि देउवाले आज देशबासीका नाममा सम्बोधन गर्दै राजीनामा दिएका हुन । यसैबिच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आजै प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् । प्रधानमन्त्रीका लागि वाम गठबन्धनले दाबी गरेको र उक्त गठबन्धनको बहुमत पुग्ने भएकोले ओली प्रधानमन्त्री नियुक्त हुन लागेका हुन् ।

election adv.

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरेको राष्ट्रपति कार्यालय स्रोतले बताएको छ । राष्ट्रपतिले ओलीलाई नेपालको संविधानको धारा ७६ को उपाधारा २ बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्न लागेकी हुन् । ओली नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनको पत्र लिएर राष्ट्रपति कार्यालय पुगेका थिए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto