Input your search keywords and press Enter.

दिपेन्द्रले ल्याए, ‘रिसाई रिसाई तर्केर नजाउ…’

आहा सञ्चार संबाददाता
पछिल्लो समयमा गीत संगीत क्षेत्रमा धेरै युवाहरुको आकर्षण बढ्दो छ । धेरैले गीत संगीत क्षेत्रमा आफ्नो भविष्य निर्माण गरिसकेका छन भने कतिपय भविष्य खोज्दै छन् । रुकुममा गीतसंगीत क्षेत्रमा धेरै युवाहरु होमिएका छन् । जसमा केहिले राम्रो बजार बिस्तार गरेको छन भने केहि भुमिका खोज्दै छन । त्यस्तै मध्यका एक युवा पुस्ताका रुकुमेली गायक दिपेन्द्र खड्काले पनि गीतसंगीत क्षेत्रमा राम्रो भबिश्य खोज्दै लागिपरेका छन । खड्काले माया प्रेम संग सम्बन्धीत रिसाई रिसाई तर्केर नजाउ भन्ने बोलको गीत बजारमा ल्याएका छन । रुकुम चुनवाङ घर खड्का पढाईका लागि काठमाण्डौ रहँदा पढाईका सँगसँगै संगीतलाई पनि अगाडी बढिरहेका छन । ‘भविष्यमा राम्रो गायक बन्ने धोको छ, म सबैलाई रुचाउने प्रकारका संगीतमा ल्याउने सोचमा छु, त्यसैले यो मेरो प्रस्तुती हेरेर सबैले माया गरिदिनु हुन्छ भन्ने मेरो बिश्वास छ’ उनले भने । हेर्नुहोस यस्तो छ उनको गीत

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares