Input your search keywords and press Enter.

अब रुकुम पुर्ब काँक्रि देखि सिधा काठमाण्डौ यात्रा

परिचन्द्र खत्री
मुसिकोट
रुकुम पश्चिमबाट यातायात सेवा प्रदान गर्दै आईरहेको प्रफि यातायात प्रालिले रुकुम पुर्वबाट पनि आफ्नो सेवा शुरु गरेको छ । आज एक कार्यक्रका बिच प्रालिले भुमे गाउपालिका वडा नम्वर २ काक्रिवाट काक्रि देखि काठमान्डौ सम्मको सेवा सुचारु गरिएको हो । भुमे गाउपालिकाका अध्यक्ष रामसिुर बुढाले व्यानर खोलेर औपचारिक रुपमा गाडि उद्घाटन गरे ।
अवका दिनमा बस बाग्लुङ बुर्तिबाङ हुदै काठमान्डौ जाने प्रफि यातायात प्रालिका अध्यक्ष प्रकाश पुनले जानकारी दिए । रुकुम पुर्बको प्रधान कार्यालय काक्रिमै रहने र बुकिङ कान्टर रुकुमकोट, लुकुममा रहने छन । वस सेवा सुचारु भए संगै रुकुम पुर्वका नागरिकलाई काठमान्डौ जानको लागि रुकुम पश्चिम आउने झन्झट हटेको छ । यसअघि रुकुम पुर्बका नागरिक पनि काठमाण्डौ लगायतका क्षेत्रमा जान रुकुम पश्चिमको सदरमुकाम मुसिकाुट हुँदै दांग नेपालगंज जानुपर्ने अवस्था थियो ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares