Input your search keywords and press Enter.

रुकुम सिम्लीमा ग्लोबलको शाखा रहित बैंकिङ सेवा

नारायण ओली
रुकुम सानीभेरी गाउँपालिकामा ग्लोबल आईएमई बैंक लिमिटेडले शाखा रहित बैंकिङ सेवा सुरु गरेको छ । गाउँपालिकाको सिम्लीमा ७० औं शाखा रहित बैंकिङ सेवा उद्घाटन गरिएको हो । शाखा रहित बैंकिङ सेवाबाट रेमिट्यान्स र बचत जस्ता सेवाहरु गाउँबाटै गर्न सकिने छ ।

सानीभेरी गाउँपालिका अध्यक्ष नर बहादुर पुनले सम्बोधन गर्दै स्थानीय तहको कार्यप्रणाली व्यवस्थित गर्न बित्तिय संस्थाको अत्यन्तै महत्वपूर्ण भुमिका रहेको बताए । उनले शाखा रहित बैंकिङ सेवा शुरु गरेकोमा धन्यबाद दिदै आगामी दिनमा अझ सम्पुर्ण अर्थिक कारोबारको सेवा पुग्ने खालको बैंक शाखा बिस्तार गरि सदरमुकाममा धाउनु पर्ने बाध्यता घटाउन अनुरोध गरे । त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथी ग्लोबल बैंकका मार्केटिंग डाइरेक्टर प्रविन विक्रम शाहीले स्थानिय तहमा बैंकिङ सेवाले दिने उदेश्यका साथ सानीभेरीमा शाखा रहित बैंक स्थापना गरेको बताए । उद्घाटन कार्यक्रममा सानीभेरी गाउँपालिका उपाध्यक्ष इन्दिरा ओली, प्रमुख प्रशासकिय अधिकृत दिपेद्र रावल, बैंक रुकुम शाखाका प्रबन्धक निमेश पुरी‚ विभिन्न राजनैतिक दलका प्रतिनिधिको आतिथ्यता रहेको थियो ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares