Input your search keywords and press Enter.

रुकुम मुसिकोटमा रुखवाट निकालियो बिद्युत

परिचन्द्र खत्री
रुकुम २, फागुन : जिल्लाको मुसीकोट नगरपालिका ५ सेरिगाउमा रहेको मोर्डन रिसर्च कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रालिका बिद्यार्थीहरुले रुखवाट झण्डै १९ भोल्टेच क्षमता भएको बिजुली निकालेका छन् । उनिहरुले गुनामौरा नामको रुखवाट बिद्युत निकाल्न सफल भएका हुन । करिव तिन बर्ष पहिले देखि बिद्यार्थीहरुलाई बिभिन्न प्राबिधिक तालिम सिकाउदै आएको संस्थाका बिद्यार्थीले यो बर्ष भने काचो रुखवाट बिद्युत निकालेका हुन ।
लेभल टु ईलेक्टीकल सभओभरसियर पढिरहेका बिद्यार्थीहरुले रुखवाट बिद्युत निकालेका हुन । उक्त संस्थामा लेभल टु ईलेक्टीकल सवओभरसियर पढिरहेका जयबहादुर नाथले आफुहरुले धेरै मेहनतवाट बिद्युत निकाल्न सफल भएको बताए । उनका अनुसार गुनामौरा प्रजातिको रुखवाटमात्र बिद्युत निकालिएको हो । ‘धेरै मेहिनतपछि रुखको भित्रिभागमा तामाको तार र रुखको बाहिरि भागमा फलामको तार राखेर कनेक्सन गर्दा करिव १९ भोल्टेज बिद्युत निकालियो’ उलने भने । उक्त प्रालिमै लेभल टु ईलेक्टीकल सवओभरसियर पढिरहेका अर्का बिद्यार्थी खिमप्रकास नाथले आफुहरुले जिल्लममा केहि काम गर्ने उदेश्यका साथ यो क्षेत्रमा अध्ययन गरिरहेको र रुखबाट बिद्युत पनि त्यसकै एउटा उपलब्धी भएको बताए । उनले भने, ‘हामीलाई अघिल्ला कक्षाहरुमा पढ्ने बिद्यार्थीहरु पे्ररणाको स्रोत हुन, त्यहि प्रेरणाका कारण नै हामी नया नया कुराको आबिस्कार गर्न झन हौसियका छौं ।’
यस संस्थामै अध्यनरत बिद्यार्थीहरुले गत वर्ष आलु र स्याउबाट बिद्युत निकालेर सबैलाई चकित बनाएका थिए । यो वर्ष झनै रुखबाट बिद्युत निकालेर बिद्यार्थीहरुले सबैलाई थप आश्चर्यमा पारेका हुन । संस्थाले हरेक वर्ष कुनै न कुनै नयाँ सोँचका साथ अगाडी बढिरहेको संस्थाका कार्यकारी निर्देशक भुवन नाथ बताउछन । ‘अबका दिनमा आफुहरुले फेरि कुनै नयाँ आबिस्कार गरेर देखाउने तर्फ आफुहरु लागि परिहेको र त्यसको लागि सबैका सहयोग र सहकार्यको आवश्यक रहेको छ ।’ उनले भने ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares