Input your search keywords and press Enter.

नयाँ जनबादी क्रान्ति त्याग्दा, सभामुखको अवसर

मेगराज खड्का
राजनीतिमा लामो संघर्ष र योगदानले मात्र होईन कहिलेबाँहि पार्टी अनी विचार परिवर्तनले पनि उसको जीवनमा ठुलो महत्व राख्ने गर्छ । त्यसैले त होला नेपालमा पनि धेरै राजनीतिक नेतृत्वहरु लामो समय एउटा पार्टीमा योगदान गरेर पनि एक्कासी अर्को पार्टि तथा बिचार परिवर्तन गरेको पाउछौं ।
ज्यानको नै बाजी थापेर लामो जनयुद्ध र क्रान्ति प्रकृयाका महत्वपुर्ण कालखण्डमा माओबादी आन्दोलनमा नेतृत्व गरेका बाबुराम भट्टराई अहिले त्यो पार्टी मात्र होईन बिचार समेत त्यागेर नयाँ शक्ति पार्टीमा छन, त्यस्तै मधेश केन्द्रित दलमा लामो समय राजनीति गरेर केहि नेता त्यो छाडेर काग्रेसमा प्रबेश गरेका छन । त्यस्तै माओबादी फुट पछि मोहनबैद्य तिर र बिप्लवतिर गएका धेरै नेता कार्यकर्ता स्थानीय चुनाबताताका पुरानै माओबादीमा केन्द्रमा प्रदेश गरेका छन । त्यस्तै मध्यको एउटा घटना पनि हो हाल ५ नम्बर प्रदेशको सभामुखमा बिजयी पुर्ण घर्तिको पनि ।

जनयुद्ध शुरुवातताकादेखि लामो समय माओबादी आन्दोलनमा बिताएका घर्ति पार्टीमा फुट आउदा मोहनबैद्य समुहमा गएर पनि केहि बर्ष राजनीति गरे । पुनः बादल समुह मोहनबैद्यबाट फुटेर माओबादी केन्द्रमै समाहित भएपछि माओबादी केन्द्रमा जोडिएका घर्तिले प्रदेशको महत्वपुर्ण पद मानिएको सभामुख पाएका छन । मोहनबैद्य नेतृत्वको क्रान्तिकारी माओबादीले भन्दै आएको नयाँ जनबादी क्रान्तिको कार्यदिशामा नै हालसम्म पनि निरन्तरता दिएको भए उनले पक्कै पनि नेपालको ईतिहासमै पहिलो पटक आएको प्रदेश सभामुखको अवसर पाईने थिएन । नेकपा क्रान्तिकारी पार्टी झन संसद बाहिर र संसदीय ब्यवस्थाको बिरोधी भएका कारण यसरी संसदीय पद र आकर्षक सुबिधा पाउने संभव नै थिएन । मोहनबैद्य नेतृत्वको पार्टी छोडेर माओबादी केन्द्रमा आउनु, जनयुद्धताका घर्तिको महत्वपुर्ण योगदान रहनु, रुकुम दुई जिल्ला बनेर पुर्बी रुकुममा संसदको लागि नयाँ अवसर हुनु र माओबादी केन्द्र र नेकपा एमाले बिच चुनाबी तालमेलको संयोगले पनि उनलाई झनै ठुलो अवसरको मौका आएको हो ।

को हुन पुर्ण घर्ति
रुकुम पुर्ब प्रदेश सभा ख का संसद समेत रहेका पुर्णबहादुर घर्ती माओबादी जनयुद्धका बेला रुकुमको पहिलो जनसरकार प्रमुख हुन । साविकको चुनबाङ –६, लाखरपेदीचौर हाल भूमे गाउँपालिका वडा नं ९ रुकुम पूर्बमा २०२४ असार २९ गते जन्मनु भएका घर्ती २०३६ सालको राजनीतिक प्रभावबाट प्रेरित भई राजनीतिमा आबद्ध भएको पाइन्छ । उनले २०३७ सालमा अनेरास्ववियुको सदस्यता प्राप्त गरेर राजनीतिक जीवनको औपचारिक यात्रा प्रारम्भ गरेर २०४१ सालमा तत्कालीन मशालको पार्टी सदस्यता प्राप्त गरेका थिए । २०४६ सालमा अनेरास्ववियु रुकुमको जिल्ला अध्यक्ष भएर पूर्णकालीन सदस्यता प्राप्त गरेका घर्ती हालसम्म पूर्णकालीन रुपमा राजनीतिमा नै संलग्न छन ।

२०५३ देखि २०५६ सम्म नेकपा माओवादी रुकुमको जिल्ला सेक्रेटरी बनेका घर्ती २०५७ मा सम्पन्न दोश्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको केन्द्रीय सदस्य, २०५७ देखि २०५८ सम्म म्याग्दी, बाग्लुङ र रुकुमको इन्चार्ज एबं केन्द्रीय सदस्य, २०५८ देखि २०५९ सम्म भेरी कर्णाली क्षेत्र अन्तर्गत डोल्पा, जाजरकोट र सुर्खेतको इन्चार्ज तथा केन्द्रीय सदस्य, २०६२ देखि २०६४ सम्म नेकपा माओवादी रुकुम जिल्ला इन्चार्ज, २०६५ देखि २०६७ सम्म एनेकपा माओवादी मगरात राज्य सेक्रेटरी तथा केन्द्रीय सदस्य, २०६८ देखि २०७० सम्म मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको थारुवान राज्य इन्चार्ज तथा केन्द्रीय सदस्य, २०७१ देखि २०७२ सम्म नेकपा क्रान्तिकारी माओवादीको पश्चिम मगरात इन्चार्ज तथा पोलिटव्युरो सदस्य रहे । बादल समुह माओबादी केन्द्रमा समाहित भएसगै पुरानै पार्टीमा फर्किएका उनी पार्टीको ५ नं प्रदेश संयोजक तथा केन्द्रीय सचिवालय सदस्य समेत छन । (सिस्ने अनलाईनको सहयोगमा)
राजनीतिमा गीतसंगीत नै हतियार
लामो क्रान्तिको यात्रामा आवद्ध हुँदा उनी गीतसंगीतलाई नै हतियार ठाने । जसले गर्दा माओबादी क्रान्तिमा उनले क्रान्तिकारी गीत संगीतमार्फत जनताको बिचार परिवर्तनमा महत्वपुर्ण भुमिका खेले । माओबादी यद्धताका निकै चर्चा कमाएको ‘कसले भन्छ, यहाँ क्रान्ति सफल हुँदैन….’ भन्ने गीत उनै घर्तिले गाएका थिए । क्रान्तिको अधिकांस समय उनी जनसांस्कृतिक समूहमा रहेर बिताएका थिए । हेर्नुहोस यस्तो छ उनको गीत

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares