Input your search keywords and press Enter.

ग्लोबल आईएमईको घर्तिगाउँमा शाखा रहित बैङिकङ सेवा

मनिषा राई
रोल्पा
ग्लोवल आइएमई बैंक लिमिटेड रोल्पाले माडी गाउपालिका २ घर्तीगाउमा शाखा रहित बैकिङ सेवा उद्घाटन गरेको छ । शाखा कार्यालउको पहुँच नभएको क्षेत्रमा पनि बैकिङ सेवा प्रदान उदेश्यले शाखा रहित बैकिङ सेवा बिस्तार गरेको हो । अब उक्त सेवा मार्फत बचत तथा रेमिट्यान्स जस्ता कामहरु गाउबाटै गर्न सकिने छ । उद्घाटन कार्यक्रममा बोल्दै माडी गाउपालिका अध्यक्ष नन्द बहादुर पुनमगरले शाखा रहित बैङिकङ सेवाले पश्चिम रोल्पाका स्थानीयहरुलाई अपुग हुने भएकाले ग्लोवल बैंकको शाखा नै बिस्तार गर्नुपर्ने बताएका थिए ।

पश्चिम रोल्पाका स्थानीयहरु बैंक सम्बन्धि सानो कारोबारको लागि पनि समय र पैसा खर्च गरेर सदरमुकाम सम्म जानुपर्नै र सदरमुकाममा गएर पनि समयमै काम सम्पन्न नहुने हुदा थप समस्या हुने उनको भनाई थियो । ‘आयोजकलाई तत्काल शाखा बिस्तार गर्न म आग्रह गर्छु, ग्लेबल बाट शाखा बिस्तार गर्न सकिदैन भने पनि अन्य बैंकको शाखा जसरी पनि ल्याउनु पर्छ’ उनले भने । ग्लोवल आइएमई बैंक लिमिटेड रोल्पा शाखा रोल्पाका प्रबन्धक प्रबिण आचार्यले तत्कालको लागि बैंकले नागरिकलाई सेवा दिन शाखा रहित बैकिङ सेवा बितार गरेको र बिस्तारै माग हेरि शाखा बिस्तारका लागि केन्द्रिय कार्यालयमा माग गर्न सकिने बताए ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares