आहा सञ्चार संबाददाता
प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले आफनो नजिकका कार्यकर्तालाई दिईन थालिएको आर्थिक सहायताको डकुमेन्ट संचारमाध्याम मार्फत बाहिरिएपछि अहिले सामाजिक सञ्जालमा निकै चर्चाको बिषय बनेको छ । प्रधानमन्त्री शेरवहादुर देउवा, उनको मन्त्रीमण्डलमा रहेका मन्त्रीहरु र अन्य प्रभावशाली नेताहरुको सिफारीसमा १२०० भन्दा वढीलाई आर्थिक सहायताको नाममा १४ करोड भन्दा वढी रकम वाँडने तयारी सरकारले गरेको देखिन्छ । गरिब, बिन्नि तथा गम्भीर प्रकृतिका उपचारका लागि सरकारले आर्थिक सहाययता प्रदान गर्न सक्ने भएपनि बिपन्न तथा उपचारको नाममा भन्दा पनि राजनीतिक पहुँचका आधारमा सहयोग आवश्यक नभएका ब्यक्तिहरुलाई पनि लिन लागिएको सार्बजजिक भएपनि सरकारी आलोचनाको बिषय बनेको छ । रुकुमबाट पनि यसपटक देउवा सरकारले प्रदान गर्न लागको आर्थिक सहायतामा ठुलै प्रभाव परेको देखिन्छ । रुकुमका ३७ जनाको नाम उक्त सूचनीमा देखिन्छ ।

को को छन आर्थिक सहयता पाउनेमा
आर्थिक सहायता पाउनेमा केहि सहिद परिवार, घाईते तथा विपन्न भएपनि अधिकांस राजनीतिक नेतृत्व देखिन्छ । जसमा ५० हजार देखि ५ लाख सम्मको रकम छ । सार्बजनिक भएको सूचिमा हेर्नुहोस रुकुमका ३७ जना कोको ?


कसरी पहुँच पुग्यो यीनीहरुको
३७ जना मध्य २१ जना पुर्ब गृहमन्त्री तथा रुकुम प्रतिनिधिसभा सांसद जनार्दन शर्मा प्रभाकरको सिफारिसमा नाम तयार पारिएको उल्लेख छ । अन्य १६ जना भने कसको सिफारिसमा आर्थिक सहयोग पाउन लागेका हुन उल्लेख गरिएको छैन । तर उक्त नाम रुकुम स्थित नेपाली काग्रेसका नेताकार्यकर्ता मार्फत प्रधानमन्त्री कार्याललयबाट सिफारिस गरेको देखिन्छ । जसका कारण माओबादी र काग्रेस समर्थित नेता कार्यकर्ता आर्थिक सहायकताको सूचीमा परेका छन ।

election adv.

https://www.facebook.com/aahasanchar.weekly/posts/844458092401020

जनार्दन शर्मा प्रभाकरको खण्डन
आर्थिक सहायता प्रदान गर्न आफनो नजिकका कार्यकर्तालाई सिफारीश गरिएको समाचारको पुर्व गृहमन्त्री तथा साँसद जनार्दन शर्मा प्रभाकरले खण्डन गरेका छन । आफुलाई जोडिएर बाहिरएको समाचारमा सत्यता नभएको उनले फेसबुक मार्फत स्टाटस राखेका छन । उनले फेसबुकमा लेखेका छन, राष्ट्रिय सभाको चुनाबमा सुर्खेत भएको मौकामा मेरो सिफारिस भनी आर्थिक सहायता दिएको प्रचार भएछ न मैले गृह सचिबलाइ दबाब दिएको छु न सिफारिस ।गृहमन्त्री हुदा विभिन्न लिस्टहरु माग भै आएका पकै थिए तर मैले ती नामहरुमा पैसा दिने काम गरिन। मन्त्री बाट राजीनामा दिएपछि आएछ । सामाजिक संजाल मार्फत थाहापाए । थप कुरा अध्ययन गरि भन्ने छु । तर त्यो लिस्टमा मेरो नाममा आर्थिक सहायता दिने कुरा मलाइ मान्य छैन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto