आहा सञ्चार संबाददाता
रुकुम : सरकारले नयाँ जिल्ला बनेको रुकुम पुर्बको सदरमुकाम गोल्खाडामा तोक्ने निर्णयसगै सगै साताब्यापी रुपमा कडा आन्दोलन भैरहेको रुकुमकोटमा सर्बोच्चको आदेशसगै केहि कमजोर भएपनि निरन्तरता दिईएको छ । नयाँ जिल्ला रुकुम पुर्ब बनेदेखि रुकुमकोट सदरमुकाम रहेको र नयाँ सदरमुकाम तोक्दा रुकुमकोटलाई अन्याय भएको भन्दै सर्बोच्चमा रिट हालिएको थियो । आन्दोलन स्वरुप २४ सै घण्टा सरकारी कार्यालय अगाडि धर्ना देखि बजार र यातायात समेत ठप्प पारेका त्यहाँका स्थानीयहरुले बिहिबार सर्बोच्चको आदेशपछि आन्दोलनलाई सामान्य बनाएका हुन । सर्बोच्चको अन्तरिक आदेशले आन्दोलनकारीहरुलाई राहत भएको छ र अन्तरिक आदेशबाट खुसि भएका छन । स्थानीय केशबचन्द समालका अनुसार सर्बोच्चको फैसलापछि अहिले २ घण्टा मात्र बन्द गर्ने गरिएको छ भने अन्य राजधानी केन्द्रित रचनात्मक आन्दोलनका कार्यक्रमहरुलाई जोड दिइएको छ । केहि दिन भित्रै रुकुमकोटमा पत्रकार सम्मेलनको आयोजना गरि आन्दोलनको बारेमा थप जानकारी दिने योजना समेत बनाईएको छ ।
के छ सर्बोच्चको अन्तरकालिन आदेशमा
मन्त्रिपरिषद्को बैठकले गरेको जिल्ला सदरमुकाम सार्ने निर्णयमा सर्वोच्च अदालतले अन्तरकालिन आदेश जारी गरेको छ । आवश्यक पूर्वाधारलगायतको तयारी विना सरकारले सदरमुकाम सार्ने निर्णय गरेकाले अर्को आदेश नभएसम्मको लागि साविकको सदरमुकाम रुकुमकोटबाटै कामकाज चलाउन सरकारका नाममा सर्वोच्चले आदेश दिएको हो । मन्त्रिपरिषद्को निर्णय खारेजको माग गर्दै परेको रिटमा सुनुवाई गर्दै न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले विपक्षीलाई अदालतमा उपस्थित हुन समेत आदेश दिएको छ ।  बुधबार अधिवक्ता गणेश हमाल, रुकुमकोटबासी कृष्ण रेग्मी र दत्तबहादुर बस्नेतले रिट हालेका थिए । सर्बोच्चले १५ दिन भित्र महान्यायधिबक्ताको कार्यालयमार्फत रुकुम पुर्बको सदरमुकाम गोल्लखाडा तोकिएको बिषयमा कारण पेश गर्न समेत भनेको छ । जसका कारण सर्बोच्चको आदेशले तत्काल रुकुमकोटबाट सदरमुकाम गोल्खाडामा सार्न त सरकारलाई रोकेको छ तर सरकारको पनि कुरा सुनेपछि सर्बोच्चले के फैसला गर्छ अझै अन्योलको बिषय बनेको छ । हेर्नुहोस सर्बोेच्चको आदेश

election adv.

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto