Input your search keywords and press Enter.

चौरजहारीमा भेरी नदिको पानी तानिदै

आहा संबाददाता
रुकुम : रुकुमको पश्चिम चौरजहारी नगरपालिकमा भेरीनदिको पानी चौरजहारी भ्यालीमा पम्पिङ गरेर तान्ने कार्य तीव्रगतिमा अगाडी वढिरहेको छ । पुर्खाै देखि पिउने पानीको समस्या झेल्दै आईरहेका चौरजहारीबासीको समस्यालाई लक्षित गरेर नगरपालिकाले विनियोजित गरेको रकम वाट आयोजना निर्माण कार्य तिव्रगतिमा अगाडी वढिरहेको हो ।
नगरपालिकाको वडा नं ३ उमाचौरमा निर्माणधिन खानेपानी योजनाको निर्माण कार्य अन्तिम चरणमा पनि पुगेको छ । सोलारमार्फत नगरपालिकाको ६२ लाख आर्थिक सहयोग र स्थानियको ३० प्रतिशत श्रमदानमा निर्माण कार्य अगाडी वढेको थियो । ४३ घरधुरी संख्या रहेको उमाचौर आसपासमा खानेपानी मुहान नहँुदा स्थानीयवासीहरुले वर्षाै देखि १ घण्टाको दुरी हिडेर भेरीनदिको पानी पिउदै आईरहेका थिए । उमाचौर वासीहरुको खानीपाने समस्यालाई ध्यानमा राखेर नगरले वजेट विनियोजित गरेपछि हाल निर्माण कार्य अन्तिम चरणमा पुगेका उपभोक्ता समितिका अध्यक्ष ओपेन्द्र विसीले जानकारी दिए । उनका अनुसार लिफ्ट सिस्टम वाट फिलटर गरेर भेरी नदि वाट करिव १ किलोमिटरको दुरीमा खानेपानी तान्न थालिएको हो । गत माघ १ गते देखि सुरु गरीएको निर्माण कार्य आगामी माघ अन्तिम सम्म सकिने उपभोक्ता समितिले जानकारी दिएको छ । आयोजनाको निर्माण कार्य सम्पन्न पश्च्यात उमाचौरवासीले पुर्खौ देखि भोग्दै आएको पिउनेपानीको समस्या समाधान हुने आशा व्यक्त गरेका छन ।
त्यसैगरी सोही वडाको टाटागाउँमा पनि खानेपानी आयोजना निर्माण कार्य तिव्रगतिमा अगाडी वढेको छ । बिद्युतमार्फत त्यहाँ पनि भेरी नदिवाट पानी गाउँमा तान्न लागिएको हो । नगरपालिकाले विनियोजित गरेको ४० लाख रकमको लागतमा निर्माण सम्पन्न हुने योजना निर्माण पश्चात वडा नं २ र ३ का ४ सय घरधुरी खानेपानी वाट लाभान्वित हुने वडा नम्बर ३ का वडा अध्यक्ष लाल वहादुर वुढाथोकीले जानकारी दिए । उनका अनुसार करिव १ किलोमिटरको दुरी वाट पिउने पानी पम्पिङ गरेर तान्न लागिएको हो । नगरपालिकाको वडा नं १ घारीगाउँ नाखिरा र लामिछाने गाउँमा समेत नगर वाट भेरी नदिवाट पानी पम्पिङ गर्ने भनी वजेट छुटयाईएको भएपनि हाल सम्म निर्माण कार्य अगाडी वढ्न सकेको छैन ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares