Input your search keywords and press Enter.

गाडिले ठक्कर दिदा रुकुममा एकजना गम्भीर घाईते

आहा सञ्चार संबाददाता
रुकुम पश्चिमको मुसिकोट नगरपालिका ४ बोहरागाउँमा गाडिले ठक्कर दिदा आज बेलुका (शुक्रबार) एक जना महिला गम्भीर घाईते भएकी छिन । घाईते हुनेमा स्थानीय ६८ बर्षिय अईली रावल रहेकी छिन । रुकुमबाट नेपागञ्जका लागि गईरहेको ना ४ ख ५२६ नम्बरको गाडिले बाटो काट्ने क्रममा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । ठक्करबाट उनको खुट्टा किचिएको छ । घाईतलेलाई जिल्ला अस्पताल सल्ले रुकुममा प्रारम्भिक उपचारपछि नेपालगञ्ज रिफर गरिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares