Home मुख्य समाचार सिम्ली बजारमा रहेको अबैध मदिरा प्रहरीद्धारा नियन्त्रणमा

सिम्ली बजारमा रहेको अबैध मदिरा प्रहरीद्धारा नियन्त्रणमा

7275
0

नारायण ओली
सिम्ली
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको सिम्ली बजारमा अबैध रुपमा विक्रि वितरण गरिदै आएको घरेलु मदिरा तथा गैरकानुनी रुपमा विक्रि गर्दै आएको मदिरा जन्य पदार्थ नियन्त्रणमा लिईएको छ ।

बजार क्षेत्रमा होहल्ला भएको र अशान्ति फैलिएको भन्दै सिम्ली प्रहरी चौकी बाट खटिएको प्रहरी सहायक निरिक्षक गगन सिं ठकुरी नेतृत्वको प्रहरी टोलिले मदिरा नियन्त्रणमा लिएको हो । सिम्ली बजारका विभिन्न होटेल तथा विक्री वितरणको अनुमती नलिएका पसलहरुबाट घरेलु मदिरा जन्य पदार्थ १ सय ३० लिटर र अनमति नलिएर बिक्रीमा राखिएको १ सय ५५ वटा बियर तथा अन्य मदिरा नियन्त्रनमा लिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here