Input your search keywords and press Enter.

उड्ने तयारी गर्दा रुकुम एयरपोर्टमा जहाज बिग्रीएपछि…

मेगराज खड्का
रुकुम २५, माघ ः नेपाल बायुसेवा निगमको जहाज एक्कासी बिग्रीएपछि २ दिन देखि रुकुम पश्चिमको सल्ले बिमानस्थलमा रहेको छ । बुधबार दिउसो काठमाण्ठौबाट रुकुम सिधा उडान भरेको उक्त जहाज नेपालगञ्जका लागि उडान भर्ने तयारी भैरहेको बेला बिग्रीएर थन्किएको हो ।
नेपाल बायु सेवा कार्यालय सल्ले रुकुमका निमित्त प्रमुख रमेश पोखरेलका अनुसार जहाजमा के समस्या भएको हो भन्ने अहिलेसम्म केहि थाहा नभएकोले प्राबिधिक टोलि बोलाईएको छ । उनले भने, ‘भोलि काठमाण्डौबाट ईन्जिनियरको टोलि आउने भएका कारण त्यसपछि मात्र थाहा हुन्छ ।’
जहाज बिग्रीएपछि नेपालगञ्ज जान टिकट काटेर तयार भएका यात्रुहरु फिर्ता भएका थिए । रुकुम सल्ले बिमानस्थलमा नेपाल बायु सेवाको मात्र उडान हुदै आएको छ ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares