Input your search keywords and press Enter.

आर्थिक अभावमा उपचारनै नगरी पर्काईए आयुश

मनिषा राई
रोल्पा
पुर्वी रोल्पाको सुवर्णवति गाउपालिका घोडागाउँमा आगोले पोलेको एक बालकलाई आर्थिक अभावका कारण उपचार नगराई फर्काइएको छ । अनुहार र शरीरमा आगोले पोलेको घाउँ निको नहुँदै बुवा नरेन्द्र पुनमगर र आमा पूर्णिमा पुनमगरको ४ वर्षिय छोरा आयुशलाई आर्थिक अभावका कारण पुर्ण उपचार नगराएरै फर्काइएको हो । माघ १३ गते भएको आग्लागीमा परी आयुशको अनुहार र शरिर जलेको थियो । उनको उपचारको लागि पहिला लुम्वीनी अञ्चल अस्पताल बुटवल लगियो । त्यसमा उपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेज भैरहवामा, फेरी डाक्टरको सल्लाहले मेसिन अस्पताल तानसेन पाल्पामा लगिएको थियो । आयुशका बुवा नरेन्द्र पुनमगरले धेरै स्थानमा लग्दा पनि उपचार हुन नसक्दा र खर्च अभाव भएपछि फिर्ता लिन आफू बाध्य भएको बताए । घरमा उपचार गर्दा निकै समस्या भएको छ ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares