Input your search keywords and press Enter.

आफ्नो एफएम रुकुम अनलाईन प्रशारणमा

आहा सञ्चार संबाददाता
आफ्नो एफएम आफनो आवाज भन्ने मुलनाराका साथ रुकुम पश्चिम क्षेत्रको चौरजहारीबाट संचालनमा आएको रेडियो आफ्नो एफएम ९० थोप्लो ४ मेघाहर्जले अनलाईन मार्फत प्रशारण पनि सुचारु गरेको छ । चौरजहारी नगरपालिका वडा नं १ नाखिरामा अवस्थित रेडियोले गएको पौष २७ गते देखि परिक्षण प्रसारण सेवा सुरु गरेको थियो । परिक्षण प्रसारण सेवाको अवधि पारगरी नियमित प्रसारणको अनुमति पाएको रेडियोले ८ महिना पछिको अन्तरालमा रेडियो अनलाईन सेवामा सुचारु गरेको हो । रेडियोको अनलाईन www.radioafnofmrukum.com मार्फत संसार भर सुन्न सकिने भएको रेडियोका प्रबन्धक गोपाल रेग्मीले जानकारी दिए । उनका अनुसार देशका बिभिन्न बस्ने देखि बिदेशका रहेका नेपाली दाजुभाईका लागि रेडियो अनलाईनबाट पनि सुन्ने बनाईएको हो । १ सय वाट क्षमता रहेको रेडियोले दैनिक १७ घण्टा सेवा प्रसारण गर्दै आईरहेको छ । तपाई अहिले रेडियो अनलाईनमा सुन्न यहाँ क्लिक गर्नुहोस

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares