Input your search keywords and press Enter.

टेलिकमद्धारा ल्याण्डलाईनका २५ कल छुट, रिचार्जमा १५ प्रतिशत सम्म बोनस

आहा सञ्चार संबाददाता
नेपाल टेलिकमले १४ औँ वार्षिकोत्सवको अवसरमा सेवाहरुमा छुट गरेको छ । वार्षिककोत्सको अवसरमा जिएसएम, रिचार्ज, कल, तथा नेटमा छुटका योजना ल्याएको हो । जसमा राती १० बजेदेखि बिहान ६ बजेसम्मको अनलिमिटेड भ्वाइस प्याकेजमा तीन दिनको लागि ३५ रुपैयाँ छुट दिएको छ । त्यस्तै अनलिमिटेड डाटा प्याकेजमा ५० रुपैयाँ, अनलिमिटेड नाइट डाटा प्याकेजमा १६ रुपैयाँको छुट दिएको छ ।यसको प्रयोग फागुन ८ गतेसम्म गर्न पाइनेछ। रिचार्ज बोनसतर्फ ५०, १०० र २०० को रिचार्ज गर्दा १० प्रतिशत र ५०० र एक हजारको रिचार्ज गर्दा १५ प्रतिशत बोनस पाइनेछ । ल्यान्डलाइन सेवाग्राहीको लागि फागुन महिनाभर २५ कल बराबरको रकम छुट दिएको छ ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares