डिल्लीबहादुर खत्री
चौरजहारी
पश्चिम रुकुम चौरजहारी नगरपालिकामा स्वास्थ्य बिमा सम्बन्धी अभिमुखिकरण कार्यक्रम प्रत्येक वडामा सम्पन्न भएको छ । सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम सम्बन्धि जानकारी दिएर धेरै भन्दा धेरै नागरिकको विमा गराउने उदेश्यका साथ अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको हो । अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य बिमा किन गर्ने, यसको उदेश्य र फाइदा, बिमाबाट कस्तो किसिमको बिरामीले उपचार गर्न पाउने र कस्तो बिरामीले उपचार गर्न नपाउने भन्ने बिषयमा जानकारी गराइएको स्वास्थ्य चौकि सर्केनाका इन्चार्ज पहलसिँह बस्नेतले जानकारी दिए । उनका अनुसार नगरपालिकाका सबै वडामा यस किसिमको कार्यक्रम सकिएको र अबको केहि दिन भित्रै स्वास्थ्य शिक्षा स्वंमसेवकहरु घरघरमा पुगेर बिमा गराउनेछन् । नगरपालिकाका अनुसार स्वास्थ्य बिमा अभिमुखिकरण कार्यक्रम अन्य स्थानीय तहको भन्दा चौरजहारीमा सबैभन्दा पहिले सञ्चालन गरिएको हो । सरकारले सञ्चालन गरेको २५ सय रुपैयाँको स्वास्थ्य बिमामा गरेमा ५० हजार सम्मको उपचार गर्न उपलब्ध हुने व्यवस्था छ । स्वास्थ्य बिमा सञ्चालन हुने भएपछि स्थानीयहरु भने खुसी भएका छन् । “स्वास्थ्य बिमा सञ्चालन हुने भएपछि हामी अत्यन्त खुसी छौँ, वडा न. १० का स्थानीय मिना केसीले भनिन, ‘बिरामी भएपछि रकम नपाएर घरमै बस्नुपर्ने अथवा कतै सरसापट वा काढ्नुपर्ने हुन्थ्यो, अब पच्चीस सयले ५० हजारसम्मको उपचार गर्न पाउने भएपछि केहिहद सम्म राहत हुनेभयो ।’

election adv.
फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto