आहा सञ्चार संबाददाता
रुकुम २१, माघ : दोमिल्ला टोट्के ग्रामिन सामुदायिक सौर्य खानेपानी आयोजना त्रिबेनी गाउपालिका ९ र १० को हालसम्म भएको कामको जनलेखा परिक्षण सम्पन्न भएको छ । समितिका अध्यक्ष केशरबहादुर खड्काको अध्यक्षता र शिक्षक राम बहादुर केसीको सञ्चालनमा भएको कार्यक्रममा समितिका सचिब मान बहादुर ओलीले आय ब्यय प्रस्तुत गरेका थिए ।
जसमा आय ४१ लाख, ६५ हजार ६ सय ९५ र ब्यय तर्फ ४१ लाख ६६ हजार ८ सय २५ प्रस्तुत भएको थियो । उक्त रकम शान्ति मन्त्रालय, बैकल्पिक उर्जा, अर्थ मन्त्रालय, रुपान्तरण नेपाल, तत्कालिन पेउघा गाबिस लगायतका निकायसगै उपभोक्ताहरुबाट पनि रकम संकलन गरिएको थियो । आयोजनाको काम ७० प्रतिशत सम्पन्न भएको बताइएको छ ।
करिब ७५ घरधुरीको लागि सौर्य खानेपानी आयोजना निर्माण गने काम जारी रहेको हो । त्रिबेनी १० का वडाअध्यक्ष शेरबहादुर केसीको प्रमुख आतिथ्यता, नेकपा एमालेका प्रतिनिधी शेरमान खड्का र माओबादी केन्द्रका प्रतिनिधी शेरबहादुर खड्काको बिशेष आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

election adv.
फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto