Input your search keywords and press Enter.

सानीभेरी गाउँपालिकामा पर्यटन विकासका लागि ५ बर्षे योजना निर्माण

नारायण ओली
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा पर्यटन प्रबद्र्धनको लागि ५ बर्षे रणनैतिक योजना निर्माण गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोग र संस्कृति तथा पर्यटन विकास केन्द्रको आयोजनामा ३ दिने कार्यशाला मार्फत योजना निर्माण गरिएको हो । कार्यशालामा गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्र, धार्मिक तथा ऐतिहासिक क्षेत्रको विकास र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष सहित योजना निर्माण गरिएको संस्कृति तथा पर्यटन विकास केन्द्रका अध्यक्ष पहल सिं घर्तीले बताए । पर्यटन विज्ञ प्रकाश सुबेदी र हिमाल घिमिरे सहितको टोलीले एक हप्ता लगाएर गाउँपालिका भित्रका पर्यटकिय तथा धार्मिक ऐतिहाँसिक क्षेत्रको स्थलगत अध्ययन गरी ल्याएको प्रतिवेदनका आधारमा प्राथमिकतामा क्रममा राखेर योजना छनौट गरिएको छ ।


यस्ता छन मुख्यमुख्य कार्यक्रम
जस अनुसार मौराखारामा भ्यू टावर निर्माण, प्याराग्लाइडिङ तथा पर्यटकिय गुरिल्ला पदमार्ग निर्माण, सानीभेरी नदिमा ¥याफ्टिङ सेवा, पूर्तिमकाडाको मालिकाकालिका लेखमा भ्युटावर निर्माण र प्याराग्लाइडिङ, रिम्ना दोभानमा धार्मिक स्थल निर्माण लगायतका दर्जन बढी योजना समेटिएका छन । पर्यटन संग सस्कृति, आर्थिक समृद्धी तथा रोजगारी जोडिएकाले यस क्षेत्रको विकासमा गाउँपालिकाले पाँच वर्षमा यस योजना अनुसार नै अनुभुती हुने गरी परिवर्तन गर्ने गाउँपालिका अध्यक्ष नरबहादुर पुनले बताए ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares