Input your search keywords and press Enter.

हेर्नुहोस नासाले गरिहेको चन्द्रग्रहण लाईभ दृष्य

आहा सञ्चार संबाददाता
आज खग्रास चन्द्रग्रहण लागिरहेको छ । साढे ५ बजेदेखि शुरु भएको यो ग्रहण राति ९ बजेसम्म रहने छ । सूर्यग्रहण औंसीमा लाग्छ भने चन्द्रग्रहण पूर्णिमामा । खगोलशास्त्र वा ज्योतिषशास्त्रमा ग्रहण भन्नाले एउटा आकाशीय पिण्डको छायाले अर्को आकाशीय पिण्डलाई पूर्ण वा आंशिक रूपमा छेकेर अन्धकार बनाइदिनु भन्ने बुझिन्छ । सामान्यतयः सूर्य र चन्द्रबिम्बमा देखिने अन्धकारमय अवस्था नै ग्रहण हो । चन्द्रग्रहण पृथ्वी चन्द्रमा र सूर्यको बीचमा परेको अवस्थामापृथ्वीको छाया चन्द्रमामा देखिनु नै चन्द्रग्रहण हो । चन्द्रबिम्बमा देखिने अन्धकारमय अवस्था (पूर्ण वा आंशिक) नै ग्रहण मानिन्छ । खग्रास र खण्डग्रास गरी ग्रहण दुई प्रकारको हुन्छ । पूरै छोप्ने अवस्थालाई खग्रास र केही भाग कालो देखिने अवस्थालाई खण्डग्रास भनिन्छ । तलको युट्युब च्यानलमा क्लिक गरेर हेर्नुहोस नासाले गरेको चन्द्रग्रहण लागिरहेको लाईभ दृष्य ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares