एजेन्सी : अफगानिस्तानको ७० प्रतिशत भन्दा बढी भू–भागमा बिद्रोही संगठन तालिवान पूर्ण रुपमा सक्रिय रहेको एक अध्ययनले देखाएको छ । अमेरिकी नेतृत्वको गठबन्धन सेनाले तालिवानलाई परास्त गर्न करोडौं डलर खर्च गरेपनि सफल नभएको अध्ययनले देखाएको छ । सन् २०१४ मा विदेशी सैन्य फौजले अफगानिस्तान छोडेपछि तालिवानको खतरा तथा विभिन्न भू–भागमा नियन्त्रण बढेको जनाइएको छ । अफगान सरकारले भने मुलुकको अधिकांश भू–भाग आफ्नो नियन्त्रणमा रहेको दाबी गर्दै आएको छ । अध्ययनअनुसार कूल जनसंख्याको आधा मानिस तालिवानको नियन्त्रणमा रहेको वा पूर्ण सक्रिय रहेको स्थानमा बसोबास गरिरहेका छन् । अफगानिस्तानका १४ जिल्ला तालिवानको पूर्ण नियन्त्रणमा छ । यस्तै २ सय ६४ वटा जिल्लामा तालिवान खुल्ला रुपमा सक्रिय रहेको पाइएको बीबीसीले जनाएको छ । तालेवानको मुख्य निशानामा राजधानी तथा प्रमुख शहरहरु पर्ने गरेको अध्ययनमा जनाइएको छ ।

election adv.
फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto