Input your search keywords and press Enter.

गुगल म्यापमा यस्तो देखियो चर्चा कमाएको गोल्खाडा गाउँ

मेगराज खड्का
नयाँ जिल्ला बनेको रुकुम पुर्बको सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिकामा पर्ने गोल्खाडामा तोक्ने माघ १२ गतेको मन्त्रीपरिषदको निर्णयले यतिखेर त्यस ठाउँ चर्चामा छ, यसअघि कुनै चर्चामा थिएन । जसका कारण कुनै पत्रकार होस अन्य ब्यक्ति संग त्यस गाउँको प्रयाप्त र स्पेशल फोटो छैन।
भौगोलिक रुपमा सुन्दर भए पनि पूर्वाधारका हिसाबले अहिले यो गाउँ शून्य अवस्थामा जस्तै छ । त्यहाँ सरकारी भवनको रुपमा एउटा प्रथामिक बिद्यालयको भवन बाहेक अन्य सरकारी कुनै भवन देखिदैनन । उक्त गाउँमा आधा दर्जन जति मात्र घरहरु देखिन्छन । हाल सदरमुकाम रहेको रुकुमकोट, पोखरा र चुनबांग जस्ता केहि क्षेत्रको लागि ५/६ घण्टाको दुरीमा यात्रा गर्नुपर्ने बाध्यता भएपनि समग्रमा रुकुम पुर्बको केन्द्र भागमा नै पर्छ ।
यो गाउँमा जिल्ला सदरमुकामका लागि निर्माण गर्न सकिने भौतिक पूर्वाधारका लागि जग्गा भने पर्याप्त देखिन्छ । तर यहाँको मौसम हाल सदरमुकाम बसेको रुकुमकोट भन्दा चिसो ठाउँ हो । हेर्नुहोस गुगल म्यापबाट लिईएका त्यस गाउँ र क्षेत्रको केहि स्याटलाईट तस्बिर

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares