मेगराज खड्का
रुकुम १३, माघ : नेपाल रेडक्रस सोसाईटी उपशाखा छिबाङको सभापतिमा कृष्णप्रसाद शर्मा निर्बाचित भएका छन । आज (शनिबार) मुसिकोट नगरपालिका १३, छिबाङमा भएको ८ औ साधारणसभाबाट शर्मा अध्यक्षमा सर्बसम्मत निर्बाचित भएका हुन । जसको सदस्यहरुमा यज्ञबहादुर केसी, यज्ञ बिष्ट, लालबहादुर रोका, मानसिंह बिष्ट, धनबिर केसी, गोकर्ण खड्का, लिला गौतम र मिनकुमार शर्मा रहेका छ ।

election adv.

११ सदस्यीय समितिमा बाँकी रहेका २ जना सदस्य पहिलो पुर्ण बैंठकबाट मनोनित गरिने नबनिर्बाचित अध्यक्ष शर्माले आहा सञ्चारलाई जानकारी दिए । निर्बाचित पदाधिकारीलाई निर्बाचन अधिकृत भुपेन्द्र ओलीले निर्बाचित भएको घोषणा र पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरे । निर्बाचित समितिको पदाअवधी ४ बर्षको हुने गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto