Home मुख्य समाचार राजतन्त्र देखि गणतन्त्र सम्म पीडामा रुकुमकोट

राजतन्त्र देखि गणतन्त्र सम्म पीडामा रुकुमकोट

8035
0

मेगराज खड्का
रुकुम १३, माघ : राजतन्त्र देखि गणतन्त्र शासन ब्यवस्था सम्म आईपुग्दा पनि रुकुम पुर्बको रुकुमकोट सरकारबाट पीडित बनेको छ । शुरुमा रुकुमको सदरमुकाम रुकुमकोट नै थियो । तर २०३० सालमा रुकुमकोटमा रहेको सदरमुकाम राजनीतिक पहुँचको आधारमा एकाएक मुसिकोटमा सारिएपछि पीडित बनेको रुकुमकोट ४४ बर्ष पछि खुसि त बन्यो तर खुसि ५ महिना पनि टिक्न पाएन । नयाँ संबिधान मार्फत रुकुम जिल्ला पुर्ब र पश्चिम गरि छुट्टाछुटै दुई जिल्ला बनेपछि रुकुमकोट पुनः सदरमुकामको रुपमा स्थापित भयो । जसका कारण साविकको ईलाका प्रशासन कार्यालय रहेको रुकुमकोटमा जिल्ला प्रशासन, जिल्ला प्रहरी, जिल्ला अदालत र जिल्ला मातपोत सहितका सदरमुकाम केन्द्रित कार्यालयहरु पनि स्थापना भए तर बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले रुकुम पुर्बको रुकुमकोट सदरमुकाम नभएर पुथाउत्तरगंगा गाउँपालिका–१२, को गोलखाडामा तोक्ने निर्णय गरेपछि राजतन्त्र देखि गणतन्त्र सम्मको शासन ब्यवस्थामा रुकुमकोट सरकार पटक पटक पीडित बनेको छ ।

सदरमुकाम सार्ने निर्णयले आन्दोलन चर्कियो
नयाँ जिल्ला बनेको रुकुमपुर्बको सदरमुकाम हाल रहेको रुकुमकोटबाट गोलखाडामा तोक्ने सरकारको निर्णय लगतै रुकुमेकाटबासीहरु आदोलनमा रहेका छन । रुकुमकोटबासीहरुले बिरोध स्वरुप राती मसाल जुलुस र दिउसो प्रद्धर्शन गर्ने गरेका हुन । बिरोधमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला समेत जलाएका छन ।

रुकुमकोटबाट सदरमुकाम अनेत्र सार्न नदिन आफुहरुको आन्दोलन निरन्तर जारी रहने स्थानीय केशबचन्द्र समालले बताए । उनका अनुसार जिल्ला प्रशासन सहितका केहि सरकारी कार्यालयहरुमा स्थानीयहरुको धर्ना छ भने केहि सरकारी कार्यालयहरुमा ताला लगाईएको छ । नेपाली काग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्ताहरुले आफ्नै नेतृत्वको सरकारले आफ्नै नेता कार्यकर्ताहरुको हित बिपरित सदरमुकाम सार्ने निर्णय गरेको भन्दै फेसबुक मार्फत पार्टीबाट राजीनामा समेत दिएका छन । रुकुमकोटबाट बाहिरिने र भित्रिने सवारीसाधानमा रोक लगाएका छन । जसका कारण त्यसक्षेत्रको जनजीवन प्रभाबित बनेको छ ।

यसरी सारिएको थियो रुकुमकोटबाट मुसिकोटमा सदरमुकाम
पुर्बी रुकुम ७० को दशकअघि बाग्लुङ जिल्ला संग जोडिएको थियो । जसबाट त्यतिबेलाको जिल्ला सदरमुकाम रहेको रुकुमकोटबाट करिब ८० किलोमिटर बढी टाढा थियो । जसका कारण त्यस क्षेत्रलाई रुकुममै गाभ्न बेलाबेला माग समेत गरिएको थियो । केहि समयपछि उक्त क्षेत्रलाई रुकुममा गाभियो अनी रुकुमकोट नै सदरमुकाम यथावत भयो जसले गर्दा उनीहरु खुसि समेत भए तर खुसि लामो समयसम्म रहन सकेन, त्यसको केहि समय पछि राजपरिवार संग राम्रो सम्बन्ध भएका धुब्रबिक्रम शाहको शक्तिको प्रभाबले पश्चिमी रुकुमले दरवारलाई रिझाउन सफल भयो ।
राजपत्रमा १९७३ को अप्रिल अर्थात २०३० मा सूचना टास गरि रुकुमको सदरमुकाम रुकुमकोट बाट मुसिकोट सारियो । यस क्रममा पुर्बी रुकुमेली र पश्चिमी रुकुमेली बिच झडप पनि भएको थियो । त्यस बेला देखि पुर्बी रुकुमका बासिन्दा सदरमुकाम खलंगा देखि आक्रोसित र रुष्ट भए । सदरमुकाम रुकुमकोटमै फर्काउन त्यहाँका जनताहरुले शान्तिपुर्ण देखि हिंसात्मक आन्दोलन समेत गरे । राजपरिवारको निर्णय भएका कारण हजारौंको संख्यामा र हतियारसहित पुर्बी रुकुमका जनताहरुले आन्दोलन गरेको भएपनि कफ्र्यु जारी गरेर भएपनि आन्दोलनलाई दमन गरियो । यस क्रममा एकको मृत्यु,केहि घाईते भएका थिए भने केहि आन्दोलनकारीलाई सरकारले गिरफ्तारको वारेन्टी समेत जारी गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here