Input your search keywords and press Enter.

मुसिकोटमा हुदैछ ठाडि,टप्पा, सोरठि र सिंगारु गीत प्रतियागीता

मेगराज खड्का
रुकुम १२, माघ :रुकुम सदरमुकाम मुसिकोटमा ठाडि,टप्पा, सोरठि र सिंगारु गीत प्रतियागीता हुने भएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुमको आयोजनामा भोली (शनिबार) प्रतियोगिता हुन लागेको हो । मुसिकोट नगरपालिकाको सहयोगमा सञ्चालन हुने लागेको प्रतियोगीता त्रिभुवन जनता माबिको प्राङ्गणमा हुनेछ । लोप हुन लागेका लोकभाकाको संरक्षण र प्रवद्र्धन गर्ने उदेश्यले पुराना लोक भाकामा आधारित लोकगीत प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष गिरीप्रसाद बुढाले जानकारी दिए । उनका अनुसार बिहान ११ बजेदेखि शुरुहुने प्रतियोगीतामा सहभागी हुन ईच्छुकले राप्ती साहित्य परिषद् जिल्ला शाखामा सम्पर्क गरेर नाम टिपाउन सकिनेछ । प्रतियोगीता मुसिकोट नगरपालिका अन्र्तगत वडा स्तरीय हुने पनि आयोजकले जानकारी गराएको छ । प्रतियोगीतमा स्थान हाँसिल गर्ने सहभागीहरुले नगत पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन ।

 

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares