Input your search keywords and press Enter.

कलाकारिता मनोरञ्जन र समाज रुपान्तरणको साधन हो

आहा टक
नाम : तुल देवकोटा
ठेगाना : बाँफिकोट गाउँपालिका ८, रुकुम पश्चिम
सचिब : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, रुकुम                               

  • हिजोआज कता ब्यस्त हुनुहुन्छ ?
    केहि घरायसी कामका साथै सांस्कृतिक कार्यक्रममा ब्यस्त छु ।
  • तपाईको बाल्यकाल कसरी बित्यो ?
    मेरो बाल्यकाल बिशेषगरी पढाईका संगसगै साहित्य र कलामा रमाउदै बित्यो ।
  • सर्बप्रथम कलाकारिता क्षेत्रमा काम गर्ने अवसर कसरी मिल्यो ?
    मलाई प्रेरणा दिनेहरु त धेरै हुनुहुन्छ । त्यस मध्य पनि सल्यानी सर्जक रमेश डाँगीको अली बढी साथ रहेको छ ।
  • खासमा कलाकारीता क्षेत्रलाई कसरी बुझ्ने ?
    कलाकारिता क्षेत्र मनोरञ्जनका साथै मुलुक र समाज रुपान्तरणको साधन हो ।
  • तपाईले हालसम्म कतिवटा गीतहरु निकाल्नु भएको छ ?
    मैले हालसम्म ४ वटा गीत निकालेको छु । जसमा आफ्नै आफ्नै पिर, रुकुम मुसिकोटमा भिर छ, राप्ती अञ्जल र एउटा सिंगारु रहेका छ ।
  • यसमा पनि श्रोताहरुले निकै मन पराएको गीत कुन हो ?
    ठाउँ अनुसार फरक फरक हुन्छ । जस्तो मेरो सिंगारु गीतले रुकुम र सल्यानमा धेरै माया पायो तर समग्रमा राप्ती अञ्चल अली चल्यो । त्यस्तै किरण बाबु पुनको लय शब्द तथा तुल्सी घर्ति र मेरो स्वरमा रहेको फुलको डाँली पनि सबैबाट राम्रो माया पाएको छ ।
  • कलाकारीता क्षेत्रमा काम केहि त्यस्तो संमरण योग्य घटना छन ?
    त्यति दुखदै घटना छैनन्, तर दुख त पाईन्छ त्यो स्वभाबिक पनि हो । यो क्षेत्रमा मात्र होईन अरु काम गर्दा पनि दुख त झेल्नु नै पर्छ ।
  • रुकुमको कलाकारिता क्षेत्रलाई कसरी हेर्न सकिन्छ ?
    रुकुम जिल्ला कलाकारिता क्षेत्रमा अब्बल नै छ । पछिल्लो चरणमा उत्साहजनक रुपमा लिन सकिन्छ ।
  • जिल्लाको कलासंस्कृतिलाई थप संरक्षण गर्न के गर्नुपर्ला ?
    यसको लागि हामी कलासंगीत संग आबद्ध ब्यक्ति मात्र होईन सबै सचेत नागरिक जुटेर आआफ्नो क्षेत्रबाट सहयोग र उद्भाव राख्नुपर्छ ।
  • कलाकारिता क्षेत्रका लागि तपाईको बाँकी योजना के छ ?
    म रुकुमको मौलिक लोककला सांकृतिकको संरक्षण अनी विकास र प्रचारप्रसार गरि कलाकलारितालाई पर्यटन र विकास तथा समाज रुपान्तरणसंग जोडेर अघि बढ्ने काममा कटिबद्ध भएर लागीरहने छु । प्रस्तुती :सुबास बटाला
Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares