आहा संबाददाता

पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैयास्थित भारतले नेपाली भुमी मिचेको स्थानमा नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसीएल नेपालले नेपालको राष्ट्रिय झण्डा गाडेको वासिएलका महासचिव सुबोधराज श्रीपालीले जानकारी दिए ।

उनका अनुसार आफ्नो भुमि रक्षाका लागि आफुहरु सिमानामा उभिन तयार रहेको भन्दै वाइसीएल केन्द्रीय समितिले सीमामा राष्ट्रिय झण्डा गाडेको हो ।

election adv.

वासिएलका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा सहितको टोली सिमा मिचेको जग्गाधनी रवीन्द्र महतोलाई साथमा लिएर झण्डा गाडेको हो । भारतले त्यसक्षेत्रको करिब ५० बिगा जग्गा मिचेको बताईएको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto