Input your search keywords and press Enter.

मुसिकोटमा सवारीसाधन पार्किङको समस्या

परिचन्द्र खत्री
मुसिकोट
रुकुम पश्चिमको सदमुकाम मुसिकोटमा सवारीसाधन पार्किङमा समस्या देखिएको छ । मुसिकोटको माथिल्लो बजार, पुष्पलाल चोक र तल्नो बजार लगाएतको ठाउँमा सवारीको अव्यवस्थित पार्किङका कारण दुर्घटना बढ्नसक्ने संभावना देखिन्छ । अव्यवस्थित पाकिङका कारण आवतजावतमा समेत अफ्ठेरो भएको छ ।

साना तथा ठुला सवारी साधनको पार्किङ स्थल नहुँदा यस्तो समस्या देखिएको हो । तर यो समस्यामा भने सरोकारवाला निकाय तथा स्थानीय तहको चासो नदेखिएको स्थानियको गुनासो रहेको छ । व्यवस्थित वसपार्क नहुँनु, मुसिकाटमा सार्बजनिक ठाँउ नहुनु र ब्यक्तिगत काजका लागि प्रयोग गरिएको सवारीसाधन आफ्नो काम नसकिएसम्म घण्टौ सडकको जहाँतहि रोक्नु जस्ता कारणलले पनि यस्तो समस्या देखिएको हो । यस्तो पार्किङको कारणले थोरै सवारी साधन भए पनि घण्टौ जाममा बस्नु वरेको गाडि चालकहरुको भनाइ रहेको छ । ठुला मालवाहक सवारी साधन तथा साना सवारी साधनको पार्किङको छुटाछुटै व्यवस्थापन गर्नु भर्ने देखिएको छ ।

एकिकृत रुपमा नभएर जहाँतहि यातायात समितिबाट टिकट काउन्टर राखिदा पनि यस्तो समस्या झनै बढेको छ । आआफ्नो समितिमार्फत चल्ने गाडिहरु यात्रुको प्रतिक्षाको लागि टिकट काउन्टर नजिक पर्खदा अन्य सवारी साधानलाई अवरोध पुग्ने गरेको हो । त्यसका साथै सदरमुकामकै साधुरो र अवस्थित सडक पनि मुख्य समस्याको रुपमा रहेको छ ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares