परिचन्द्र खत्री
बाँफिकोट ७, माघ ः जिल्लाको बाफिकोट गाउँपालिका वडा नम्वर २ जिपुका स्थानीयहरुले आफनै लगानीमा करिब ५ वटा खानेपानी आयोनजा निर्माण गरेका छन । गाउँमा खानपानीको समस्या बढ्दै गएपछि गाउमा आफनै लगानीमा आयोजना निर्माण गरेका हुन । गाउँका गोपिगौडा, बलिहाल्ना, बस्नेतटोल र बौलेखोला लगाएतका टोलमा साना तथा ठुला गरि करिव ५ वटा खानेपानी आयोजना निर्माण गरिएको हो ।

गाउँमा खानेपानीको समस्या भएपनि कुनै सरकारी निकायबाट सम्बोधन नहुँदा स्थानीय आफैलै खानेपानी आयोजना सम्पन्न गरेर गाउँमा खानेपानी पुर्याएको स्थानीय नरेन्द्र नरेन्द्र खत्रीले जानकारी दिए । बाउसे तरवरा खानेपानि तथा सरसफाइ उपभोक्ता समिति गठन गरेर प्रति घर ६ हजारको दरले २ लाख २९ हजार संकलन गरी खानेपानी गाउँमा पुगको हो । ‘४० घर धुरिले करिब २० दिनको श्रमदान पनि गरेका छन, करिव ३ किलो मिटर टाढाको मुहानबाट खानेपानि गाउमा ल्याएका छौं, खबीले उनले भने, ‘भौगोलिक बिकटताको कारणले पानी ल्याउन समस्या भएपनि सबै गाउँलेको सहयोगका कारण त्यो संभव भयो ।’

election adv.

त्यस्तै बलिहान्ना टोलमा पनि गाउँलेको लगानीम गाउँमा खानेपानी पुगको छ । उपभोक्ता समिति अध्यक्ष सदु नाथका अनुसार खानेपानी योजनाका लागि ३३ घरबाट १ लाख साठि हजार संकलन गरिएको हो । त्यसैगरी अर्को थगरेखोला खानेपानी आयोजना पनि सम्पन्न भएको छ । जसमा ३ लाख २० हजारको पाइप र एक लाख ७६ हजार जनश्रमदान लागत लागेको स्थानिय बिर्खबहादुर बस्नेतले जानकारी दिए । गाउँगाउँमा खानेपानी पुगेपछि बर्षाैदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानीयहरु खुसि भएका छन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto