आहा संबाददाता
रुकुम ७, माघ : रुकुम पश्चिमको सानीभेरी गाउँपालिका सिम्लीमा परम्प्रराकाल देखि लाग्दै आएको पापीनी मेलामा यसबर्ष पनि किशोरी किशोरी बिच बिहे भएको छ । मगर समूदायको बाहुल्य रहेको सिम्लीको मगररांङजामा मगर कला सांस्कृतिको जगेर्ना गर्ने उद्देश्यले परम्परागत रुपमा प्रत्येक बर्ष पापीनी मेला लाग्दै आएको छ ।
मेलामा परम्परा देखि दुई जना किशोरीलाई दुलाहा दुलही बनाई पुजापाठ गरी बिबाह सम्पन्न गरेपछि मेला सम्पन्न हुने गरेको छ । २ किशोरी मध्य एउटालाई पुरुष र एउटालाई महिला बनाएर गरिने बिबाह मेलाको मुख्य आर्कषण हो । मगररांङजामा गाउँमा करिब असी प्रतिशत मगर जातीको बसोबास रहेको छ ।
त्यस्तै मेलामा स्थानीय मगर समूदायको भेषभुषामा सजिएका बालबालिका देखि बृद्धबृद्धा सम्मको आआफ्नै सांस्कृतिक प्रस्तुति प्रस्तुत हुने गरिएको छ । जसका कारण त्यस गाउँको कला सांस्कृति अन्य गाउँको भन्दा फरक रहेको छ । सिम्ली संगै छिमेकी गरायला, अर्मा र छिवाङ लगायतका ठाउँहरुबाट पनि मेला हेर्न जाने गरेका छन ।

election adv.

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto