Input your search keywords and press Enter.

प्याव्सन रोल्पाको आठौं जिल्ला भेला सम्पन्न

मनिषा राई
रोल्पा ६, माघ ः निजि तथा आवाशिय बिद्यालय अर्गानाइजेसन नेपाल (प्याव्सन) रोल्पाको आठौं जिल्ला भेला सम्पन्न भएको छ । प्याव्सन रोल्पाका अध्यक्ष नौलसिंह पुनमगरको अध्यक्षता र रोल्पा नगरपालिका प्रमुख पुर्ण केसिको प्रमुख अतिथ्यतामा भेला आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि केसीले सबै बालबालिककालाई शिक्षा प्रदान गर्ने अभियानमा नीजि क्षेत्रको योगदान रहेको बताउँदै यसलाई निरन्तरता दिनका लागि अनुरोध गरे । शिक्षा क्षेत्रको दायित्व पनि स्थानीयतहमा आई सकेकोले अब नगर शिक्षा समिति निर्माण गरी नगरको शैक्षिक गुरुयोजना बनाउनु पर्ने उनले बताउ ।

नगर शिक्षाको विकासमा नीति क्षेत्रलाई पनि समेटेर लैजानु पर्ने उनको भनाई छ । त्यसैगरी कार्यक्रमका बिशिष्ट अतिथि प्याव्सन रोल्पाका सल्लाहकार कृष्ण बहादुर घर्तीमगरले आफु प्यावसन रोल्पाको सिफारिस मै जिल्ला शिक्षा समितिको सदस्य रहेको जानकारी गराउदै त्यसबाट पाउने भत्ता पनि प्याव्सनकै योजनामा खर्च गर्ने जानकारी गराए । कार्यक्रममा उद्योग वाणिज्य संघ रोल्पाका अध्यक्ष बालकृष्ण सुवेदी, गैर सरकारी संस्था रोल्पाका अध्यक्ष कर्ण बाँठामगर, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिंह बिक लगायतले शुभकामना मतव्य राखेका थिए । कार्यक्रममा तुलसी आवासीय मा.वि., ब्राइट फ्यूचर आवासीय मा.वि. र होली भिजन आवासीय मा.वि. लिबाङ रोल्पाले नृत्य समेत प्रस्तुत गरेका थिए । प्याव्सन रोल्पाका उपाध्यक्ष गन्ज क्षेत्रीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन प्याव्सन रोल्पाका सचिव डिवि घर्तीले गरेका थिए ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares