Home स्थानीय समाचार एक दशक सम्म पनि सम्पन्न भएन बिद्युत आयोजना

एक दशक सम्म पनि सम्पन्न भएन बिद्युत आयोजना

9193
0

डिल्लीबहादुर खत्री
चौरजहारी
पश्चिम रुकुम चौरजहारी नगरपालिका वडा न. १० मा निर्माणाधीन अवस्थामा रहेको सहिद स्मृति लघु जलविद्युत आयोजनाको काम झण्डै एक दशकसम्म पनि सम्पन्न हुन सकेको छैन । रुकुम उज्यालो कार्यक्रम अन्तरगत २०६५ सालमा सुरु भएको उक्त योजनाको अहिलेसम्म १५ प्रतिशत मात्र काम भएको छ । ९४ किलोवाट क्षमताको उक्त बिद्युत आयोजना सम्पन्न भएमा चौरजहारी नगरपालिका वडा न. १० , ११ र १३ का १२ सय बढी घरधुरी लाभान्वित गराउने लक्ष्य राखिएको थियो ।

समुदायको असहयोग र बजेट अभावका प्रभावकारी काम हुन नसकेको उपभोक्ता समितिका निवर्तमान अध्यक्ष तथा नगर उपप्रमुख राधा रोकाले बताईन । उनका अनुसार सम्बन्धित निकायहरुले पनि बजेट नदिएको र समुदायले पनि लगानी गर्न नरुचाएको कारण काम हुन नसकेको हो । बिद्युत आयोजना निर्माण गर्न १ करोडभन्दा बढी रकम लाग्ने र अहिलेसम्म जिविसबाट १० लाख र गाविसबाट ७ लाख ३० हजार मात्र लगानी भएकोले काम सम्पन्न हुन नसकेको उनको दाबी छ । ‘अहिले नगरपालिकाबाट पनि ५० लाख बजेट उक्त बिद्युतमा परेको छ, अब नयाँ समिति गठन भएकोले समितिकै पहलमा काम सम्पन्न हुनेछ’ उनले भनिन । यसैबीच समितिका अध्यक्ष राधा रोका स्थानीय चुनावमा नगरपालिकाको उपप्रमुखमा बिजय भएपछि बिरेन्द्र रोकाको अध्यक्षतामा १३ सदस्यीय नयाँ उपभोक्ता समिति गठन गरिएको छ । जसको सचिव हिमबहादुर पुन र कोषाध्यक्षमा लक्ष्मी केसी रहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here