Input your search keywords and press Enter.

आहा कबिता : आमाको स्मृतिमा

लाल बहादुर के.सी.

आमा तिमिलाइ सम्झीन्छौं हामी सधैं !
अति श्रद्धा भाव भक्ति राख्दै ! !
आमा तिमिले जन्म दियौ हामीलाई !
अति नै कष्ट र दुःख सहदैं ! !

आमा तिमिले हुर्कायौ बढायौ काखमा राखेर !
अनन्य माया ममता अनि प्यार गरेर ! !
आमा तिमिले सद्भाव राख्यौ सँधै हामिलाई !
सँधैभरी प्रगती पथमा लम्काउनलाई ! !

आमा तिमिले हामीप्रति माया गथ्र्यौ अति नै !
मेरा छोराछोरी सँधै नै हर्षित र रक्षित रहुन भन्दै ! !
आमा तिमिले जोगायौ हामीलाई आगो र पानीबाट नै !
बच्यौं हामी सदा सर्वदा सँधैका लागी सुरक्षित भई ! !

आमा तिमिप्रति भुक्तभाव र सद्भाव राख्दै !
आशिष देउ हामीलाइै सद्भावमा लम्कनलाई ! !
आमा तिम्रो माया अति छ अपरम्पार !
तिम्रा गुण तिर्ण नसके हामी सँधैका लागी भार ! !

आमा तिम्रा गुणलाई सम्झीईरहनेछौं हामी सँधै !
कहिल्यै नविर्सने गरी तिम्रा गुणलाई ! !
आमा तिमिले ज्ञान र बुद्धि दिलायौ हामीलाई !
कहिल्यै नविर्सने गरी सँधैका लागी सम्झनलाई ! !

आमा तिम्रै अर्तिको पथमा लम्कीईरहनेछौं सँधै !
तिम्रै दिक्षाको भक्तिभाव राख्दै सँधै ! !
आमा अन्तमा अति नै सम्झन्छौं हामी तिमिलाई !
आँखाबाट आँसुका बलिन्द्र धारा बगाई ! !
आयो काल टपक्क टिपेर लग्यो आमा तिमिलाई !
छेकेर छेक्न सकिएन रोकेर रोक्न सकिएन आमा तिमिलाई ! !

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares