Input your search keywords and press Enter.

रुकुमलाई यसरी जोड्न सकिन्छ विकास र समृद्धिमा

मेगराज खड्का
एक दशक लामो शशस्त्र द्धन्द्धको प्रत्यक्ष मार र शान्ति प्रकृयाको पनि एक दशक लामो अनुभव संलाग्दै दुई दशक पछि संघियता सहितको नयाँ स्वरुपमा रुकुमले नयाँ पाईला शुरु गरेको छ । संघियताको नयाँ संरचना सगै रुकुम दुई भागमा समेत बिभाजन हुदै असोज देखि २ जिल्लाको रुपमा समेत मान्यता पाएको छ । जसले गर्दा रुकुमेलीहरुको विकास र समृद्धि सपना दुई जिल्लाको राजनीतिक सक्रियता, आर्थिक संभावना र प्रशासनिक व्यवस्थापनले साकार पार्ने संभावना देखिन्छ । तर त्यसका लागि यस क्षेत्रको संभावना बोकेको पर्यटन प्रवद्र्धनका लागि आवश्यक नीति सहितको कार्यक्रम र युवा बेराजगारीको समस्या भेल्दै आएको यस क्षेत्रका लागि नयाँ उद्योग स्थापना गरेर आफ्नै गाउँघरमा युवाको पसिना बगाउने अवसर दिन सकिन्छ । त्यसका साथै यातायात, शिक्षा, स्वास्थ्य, उर्जा र कृषि सहितका अन्य क्षेत्रमा पनि दिर्घकालिन योजना बनाएर रुकुमको विकास र समृद्धि संभावनाको सपना पुरा गर्न सकिन्छ ।
पर्यटन
राप्ती क्षेत्रकै एक दुर्गम जिल्ला रुकुम ५२ पोखरी र ५३ टाकुरीको नामले प्रख्यात छ । बिशेषगरी ५२ पोखरी र ५३ टाकुरी अहिले नयाँ बनेको रुकुम पुर्बको रुकुमकोट क्षेत्रमा पर्छ । जिल्लाका विभिन्न ठाउँमा धेरै स–साना पोखरी र टाकुराहरू छन् । जहाँ भूगोल, जाति, भाषा, धर्म, संस्कृति र संस्कारमा विविधता छ । राप्ती क्षेत्रकै सबैभन्दा ठूलो ताल रुकुममै छ । २.६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको स्यार्पुताल मौसमअनुसार रंग फेर्ने भएकाले यसलाई ‘कान्छो रारा’ समेत भन्ने गरिन्छ । सदरमुकाम मुसिकोटबाट स्यार्पुतालतर्फ जाँदा बाटोमा थुप्रै साना ठूला झरनाहरू देख्न सकिन्छ ।

स्यार्पुतालपछि अर्को घुम्नै पर्ने ठाउँ हो कमलताल, खलंगाबाट पूर्वी क्षेत्रमा पर्ने यो ताल पुग्नका लागि ३ घण्टा गाडीको यात्रा गर्नुपर्छ र पैदल हिँड्न मन लागे ५ घण्टामा सानीभेरीको तिरतिरै ताल रहेको स्थानमा पुग्न सकिन्छ । सोलाबाङ बालुवा सडक भएर पुग्न सकिने उक्त तालमा घुम्नका लागि कमलको फूल फुल्ने बेला अर्थात् भदौ–असोजमा उपयुक्त हुन्छ । अर्को छुट्याउनै नपर्ने ठाउँ हो सिस्ने हिमाल । सदरमुकामबाट १५ मिनेटको छोटो यात्रापछि सिस्ने हिमालयको शिर देख्न सकिन्छ तर यसको आधार शिविर पुग्न भने स्यार्पुतालनजिकै पुग्नुपर्छ ।
मध्यपश्चिम क्षेत्रकै अग्लो हिमाल मानिने सिस्नेको उचाइ ५५४१ मिटर छ । मनोरम हिमाली परिदृश्य, महाभारत शृंखलाका अग्ला पहाड, पश्चिमका चुरे पहाडसँगै चौरजहारी र आठबीसकोट राडीको समथर र मनमोहक फाँटले रुकुमको भौगोलिक विविधताको परिचय दिन्छ । यसका साथै धार्मिक र सांस्कृतिक रूपले पनि रुकुम प्रख्यात छ । सदरमुकाम खलंगा मै डिग्रे शाइकुमारी मन्दिर छ । प्राचीनकालको प्रसिद्ध मन्दिरमा पूजा गर्नाले मनले चिताएको पुग्ने धार्मिक विश्वास गरिन्छ भने प्रत्येक वर्ष कार्तिक शुक्लपूर्णिमाका दिन जिल्लाकै सबैभन्दा ठूलो मेला लाग्छ । जिल्लामा पदयात्राको पनि राम्रो सम्भावना छ । सदरमुकाम मुसिकोट खलंगाबाट स्यार्पुताल सिस्ने हिमाल, कमलताल हुँदै सानीभेरीको तिरतिरै सुन्दर बस्ती अग्ला पहाड, साना ठूला झरणा र दर्जन बढी मगर बस्तीहरूको घुमघामसँगै बागलुङसम्मको पदयात्रा गर्न सकिन्छ । यस्तै, अबिरल रूपमा बगिरहने सानीभेरी र ठूलीभेरीमा जलयात्राको विकासको राम्रो सम्भावना छ । यसबाहेक तातोपानीको मुहान पनि यो जिल्लामा छ । यस क्षेत्रमा माथी उल्लेखित बाहेक पनि अन्य धेरै पर्यटकीय क्षेत्र र संभावना भएपनि आवश्यक प्रवद्र्धनका कार्यक्रमहरु प्रभावकारी ढंगबाट हुन नसक्दा अपेक्षित उपलब्धी हुन सकेको छैन । २०५२ सालमा तत्कालीन नेकपा माओवादीले थालेको सशस्त्र विद्रोहको उद्गम थलोका रूपमा समेत चर्चित रुकुम सम्भावना भएर पनि पर्यटकीय गन्तव्य बन्न सकेको छैन । रुकुमलाई युद्ध पर्यटनको रुपमा समेत बिकास गर्न १ बर्ष अघि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुकुमको चुनबांग आएर गुरिल्ला पदमार्गको औपचारिक उद्घाटन गरेका थिए तर त्यसपछि कुनै कार्यन्वयनपुर्ण कार्यक्रम संचालन भएका छैनन । त्यसका साथै रुकुमका सबै पर्यटकीय स्थलहरुमा पर्यटकलाई खान र बस्नका लागि स्थानीय घरहरूमा ‘होम स्टे’ सेवाको प्रभावकारी व्यस्थापन भएको छैन । त्यस्तै रुकुममा प्याराग्लाईडिगको पनि राम्रो संभवना रहेको छ । रुकुमको जन्तीबस्ने डाँडाबाट मुसिकोटमा १ बर्ष अघि सफल परिक्षण गरिएपनि पुनः त्यसलाई निरन्तरता दिने खालको कार्यक्रम सञ्चालन गरिएको छैन । जसले गर्दा उक्त कार्य पनि अलपत्र जस्तो अवस्थामा पुगेको छ । यदि राम्रो व्यवस्थापन भएमा रुकुम पुर्ब प्रदेश नम्बर ५ र रुकुम पश्चिम प्रदेश नम्बर ६ कै एउटा उमहत्वपुर्ण पर्यटकीय गन्तब्यको रुपमा विकास गरेर आर्थिक उपार्जन गर्न सकिन्छ ।
उद्योग
एसईई परिक्षा सक्काएपछि धेरै बिद्यार्थीहरु अबको यात्रा के कसरी अगाडि बढाउने भनेर सोच्छन भने कोहि कम्प्युटर लगायतका बिभिन्न तालिमहरु लिन शुरु गरिसकेका छन । तर रुकुम लगायतका पहाडी जिल्लाका अधिकांस बिद्यार्थीहरु भने नयाँ गन्तब्य शुरु भएको छ कालापार (भारत) । घरको आर्थिक अबस्था कमजोर र गाउँ घरमा अन्य कुनै काम नहुँदा एसएलसी दिएर पैसा कमाउन भारत जाने उनीहरुको नयाँ गन्तब्य शुरु भएको हो । यी र यस्तै प्रकृतिका समाचार रुकुमबाट राष्ट्रिय मिडियामा धेरै स्थान पाउछन । अहिले पनि रुकुमका धेरै स्थानीय भारतको कालापारमा जाने गरेका छन भने त्यसका बाहेक रोजगारीका लागि बिदेशका अन्य भागहरुमा जाने युवाहरु पनि त्यस्तै छन । लामो द्धन्द्धबाट ग्रस्त रुकुम जिल्लामा कुनै पनि ठुला तथा मझौता उद्योग कलकारखानाहरु छैनन । जसका कारण बर्षेनी युवाहरु बिदेशको भुमिमा पसिना बगाउन बाध्य छन ।


तर रुकुममा बिद्युत, बन तथा कृषि, प्रशोधन उद्योगका साथै सिमेन्ट उद्योगहरुको पनि संभावना अध्ययन गर्न सकिएमा रुकुमका धेरै युवाहरुलाई त्यसमा रोजगार गराउन सकिन्छ । जसले गर्दा यस प्रदेशको युवा परिचालन र आर्थिक उत्पादनका हिसाबले पनि राम्रो नतिजा दिन सक्छ । रुकुमका सबै नगर तथा गाउँपालिकाहरुमा बन तथा कृषिमा आधारित उद्योग स्थापना गर्न सकिने संभावना छ । निर्माण सामाग्री उत्पादन गर्ने उद्योग देखि जडिबुटि, केतुके लगायतका गैरकाष्ठ बन पैदावार प्रसोधनको उद्योग स्थापना गर्न सकिन्छ । त्यसका साथै च्युरा मिल, साबुन उद्योग, अर्गानिक खाद्यान्न उद्योग स्थापना गरि सरकारी र जनताको नीति स्तरबाट समेत लगानी गरेर सहभागीता बढाउन सकिने संभावना छ । त्यसका साथै रुकुम रुकुम तरकारी बिउ उत्पादनका दृष्टिकोणले राम्रो जिल्ला मानिन्छ । तर अहिले सम्म पनि तरकारी बिउ प्रसोधनको लागि बिउ प्रसोधन उद्योग स्थापना हुन सकेको छैन । जसले रुकुममा उत्पादन भएको राम्रो बिउ अन्य जिल्लाहरुमा अरु कुनै ब्यक्तिहरुको हातमा परेर अरुकै ब्राण्डमा बिक्रि बितरण हुदै आएको छ । त्यसकारण जिल्लामा तरकारी बिउ प्रसोधन उद्योग स्थापना गरेर रुकुमको कृषि क्षेत्रको प्रवद्र्धन र रोजगारीको बढाउन जिल्ला स्थित स्थानीय तह र अब निर्माण हुने प्रदेश सरकारले यस बिषयमा सोच्न आवश्यक छ । त्यसका साथै रुकुम यार्सागुम्बा, पाँचऔंलेजस्ता बहुमूल्य जडिबुटीको पनि उत्पादन थलो हो । यी बहुमुल्य जडिबुटिहरुको स्पष्ट व्यवसायीक नीति र बजारीकरण हुन आवश्यक छ । तेस्रो ब्यक्ति मार्फत बिदेशमा लिएर लाखौंमा बिक्रि हुने रुकुमेली जडिबुटि किसानको हातबाट थोरैमा लिने गरेका छन । जसले गर्दा काम गर्ने तल्लो बर्गको जनता जहिलै गरिब र बिचौलिया धनि हुने अवस्था छ । यसको अन्त्य पनि अबको प्रदेश र स्थानीय सरकारले गर्न आवश्यक छ ।
बिद्युत
बिद्युत उत्पादन गरेर रोजगारी र आर्थिक उर्पाजनका दुबै काम रुकुम बाट गर्न सकिन्छ । रुकुम पुर्ब र पश्चिममा गरि २ वटा ठुलो र अन्य साना खोलानालाहरु प्रशस्तहरु रहेका छन ।

रुकुम पुर्बमा उत्तरगंगा र पश्चिम सानीभेरी नदि निरन्तर बगिरहेको छ । तर पनि यसको प्रयाप्त रुपमा सदुपयोग हुन सकिरहेको छैन । रुकुम पुर्बमा उत्तरगंगा जलासययुक्त आयोजना बनाउन सकिने सरकारले यसअघि नै सर्बेक्षण गरेको थियो भने रुकुम पश्चिमा पनि सानीभेरी नदिका धेरै ठाउँमा बिद्युत उत्पादन गर्न सकिन्छ । यसले गर्दा रुकुममा हजारौं युवाहरु रोजगारका साथै खपत नहुने बिद्युत अन्य जिल्लाहरुमा बेचेर आर्थिक उपार्जन गर्न सकिन्छ ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares