५ आहा गजल

Byआहा सञ्चार

२०७४ माघ १, सोमबार १०:३०

गौतमराज शेर्पाली
(१)
पति को गोडा ढोग्ने जमाना गय अव !!
ढुङ्गामा दुध पोख्ने जमाना गय अव  !!

आफुले आफै लाई कमजोर ठानेर यहाँ;
सासुको गोडा मोल्ने जमाना गय अब !!

नारीले पनि सक्छन बाँझो खेत फोर्न,,
पुरुष ले मात्र जोत्ने जमाना गय अव !!

छोरीले पनी राम्रो पढन सक्छ यहाँ हेर
छोरा ले मात्र रोज्ने जमाना गय अव!!

नारी लाई तिमीले अनेक थरी टिप्पणी गरेर,
नारीको अधिकार खोस्ने जमाना गय अव!!

दाईजोको नाम दिन दिनै तिमीले अत्याचार गरेर;
तिम्रो सुरुले अनेक नाम तोक्ने जमाना गय अब!!

(२)
आफ्नै छायाँले,एक्लै छोडी गए जस्तै भयो!!
आफ्ना हरु सबै-सबै पराई भय जस्तै भयो!!

म तिमै त हुँ भने मान्छे एक्लै छोडी गय पछी,,
आँखा,बाट सप्तकोसी,नदि “बहे”जस्तै भयो!!

जीन्दगीको खेल पनी प्रहार गर्न मात्र रहेछ,,
पिडा ,,माथी अर्का पिडा” सहे” जस्तै भयो!!

अतित भुलाउने हजार कोसीस गरे पनि मैले,,
निष्ठुरीको एउटा खिल बाँकि रहे जस्तै भयो!!

(३)
तिमी बिना खै कसरी बाँच्न सकुला र??
यो मनलाई कतीन्जेल ढाँटन सकुला र??

election adv.

मन मुटु सबै तिमले चुडायर लग्य पछी;;
मुटु बिना सपना हरु साँच्न सकुला र??

सपनाहरु एकै चोटी गर्लामगुर्लुम ढल्य पछी;;
के यी हरायका सपना भित्र हाँस्न सकुला र??

(४)
म जलेको आगो तापना तयार छौ रे हो!!
एउटा समवेदना “छापन” तयार छौ रे हो!!

म आफै,टाढा गईदिउला दुःख,नगर्नु तिमी;
रत पराईको सिन्दुर थापन तयार छौ रे हो!!

समय पनी खै कसरी  दुईधुर्ब्र झै भईदीय छ;
तिम्रो ,,मेरो दुरी “नापना” तयार, छौ रे हो!!

(५)
मनैदेखि  तिमी लाई मन, पराएर भुल भयाे!!
हाे आफु भित्र आफै लाई, हराएर भुल भयाे!!

आज भाेली सबैले सवाल गर्छन् मलाइ यही;;
बिना सिती अनेक सपना सजाएर भुल भयाे!!

तिमी सँग भेट भए पछी चाहा मेराे बदलीयाे;;
हाे त्यही चाहा र स्वार्थ सँग डराएर भुल भयाे!!

साँचीकै केही बर्ष देखी चुपचाप थिय म पनी;;
धेरै चोटहरु,सहन नसकी कराएर भुल भयाे!!

भुल्नु पर्ने रैछ आखीर  सबै यादहरु;मैले यहाँ;;
उसका ती सयाै याद  मुटुमा, सराएर भुल भयाे!!

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto